Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

चुनावमा जान मुख्य तीन दलका शीर्ष नेताको प्रतिबद्धता


१२, पुस २०८२
  • 80
    SHARES
  • चुनावमा जान मुख्य तीन दलका शीर्ष नेताको प्रतिबद्धता

    काठमाण्डौ – आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा चुनावमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।

    आज प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

    दलहरुले चुनावमा जान प्रतिबद्धा जनाएका र प्रधानमन्त्रीबाट सुरक्षाको ग्यारेन्टि गर्ने प्रतिबद्धता आएकाले अब चुनाव हुने, नहुने भन्ने अन्योल बाँकी नरहेको उहाँको भनाइ छ । 

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुुहन्थ्यो । उहाँहरु तीनैजना नवयुवा आन्दोलनपछि पहिलोपटक बालुवाटारमा रहेको प्रधानमन्त्री निवासमा पुग्नुभएको हो । 

    बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका ठूला दलका शीर्ष नेताहरूलाई जसरी पनि चुनाव सफल पार्न आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । 

    शीर्ष तहमा लामो समयदेखि कायम संवादहीनतालाई अन्त्य गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गएको मङ्गलवार प्रधानमन्त्री सुशीला कार्की र तीन शीर्ष राजनीतिक नेताहरूसँगको छलफल आयोजना गरेसँगै यस किसिमको छलफलले तीव्रता पाएको हो । 

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend