Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

"बाबुरामलाई रास्वपाबाट उठ्न बालेनको प्रस्ताव"


१५, पुस २०८२
  • 140
    SHARES
  • "बाबुरामलाई रास्वपाबाट उठ्न बालेनको प्रस्ताव"

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्दिन आग्रह गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा.भट्टराईले बालेनले आफूलाई उक्त प्रस्ताव गरेको खुलासा गरेका हुन् । उनले आफूलाई बालेनले पूरा सहयोग गरिदिन र रास्वपामै आएर संसद्को चुनाव लडिदिन आग्रह गरेको बताए ।

    केही दिनअघि बालेन र आफूबीच भेट भएको स्मरण गराउँदै बाबुरामले भने, ‘बालेनजीले पनि अस्ती भन्दै हुनुहुन्थ्यो– हामीलाई पूरा सहयोग गर्नुपर्यो । म त गर्छु, कस्तो के सहयोग ? भनेको । अहिले विचारले मात्रै होइन, तपाईँ त संसद्मै आएर उठ्नुपर्यो पनि भन्नुभयो ।’

    बालेनको उक्त प्रस्तावमा आफूले ‘अहिले बेला आएको छैन, अहिले नभन्नुस्, पछि कुरा गरौंला’ भनेर जवाफ दिएको पनि उनले बताए । डा.भट्टराईले आफूले बालेनलाई वैचारिक, राजनीतिक ढंगले पूरा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले आफू अब निर्वाचन नलड्ने र सत्ताको आकांक्षी नबन्ने सोचमा रहेको पनि बताए ।

    ‘मेरो चाहना चाहिँ, म अब निर्वाचन पनि नलडौं । अरुलाई सहयोग गरौं । सत्ताको आकांक्षी पनि नबनौं । वैचारिक, राजनीतिक ढंगले योगदान गरौं भन्ने ठाउँमा नै छु म,’– उनले भने ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend