Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय सभाका लागि कांग्रेसले टुंग्यायो ९ उम्मेदवार, सातै प्रदेशबाट समावेशी


२३, पुस २०८२
  • 152
    SHARES
  • राष्ट्रिय सभाका लागि कांग्रेसले टुंग्यायो ९ उम्मेदवार, सातै प्रदेशबाट समावेशी

    काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलबारे छलफल चलिरहेकै बेला कांग्रेसले सातै प्रदेशबाट चयन गरिएका उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

    पार्टीका एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता/अल्पसंख्यक) उम्मेदवार बनेका छन् । बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

    यसैगरी गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) उम्मेदवार चयन भएका छन् । समावेशी प्रतिनिधित्व र प्रदेशगत सन्तुलनलाई ध्यानमा राखेर उम्मेदवार छनोट गरिएको कांग्रेसको भनाइ छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा दलहरूबीचको तालमेल र उम्मेदवारीले राजनीतिक माहोल थप तातेको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend