Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि


२७, पुस २०८२
  • 100
    SHARES
  • कांग्रेसको विशेष महाधिवेशन उद्घाटन आज दिउँसो १ बजे, नाम दर्ता बिहान ८ बजेदेखि

    काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । विशेष महाधिवेशनका लागि सबै जिल्लाबाट पक्षधर प्रतिनिधि काठमाडौंं आइसकेका छन् ।

    विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता आज (आइतबार) बिहान ८ बजेदेखि शुरू हुने दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए उनका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ ।

    आचार्यले जारी गरेको सूचनामा नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै पनि कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउन भनिएको छ ।

    विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

    गत असोज २९ गते ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । त्यसको अगुवाइ महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए ।

    कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend