Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा


३०, पुस २०८२
  • 93
    SHARES
  • देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

    काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् ।

    आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए ।

    ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ उनले भने, ‘सिंगो देशले यो सुनिरहेको छ । नागरिकले सुनिरहेका छन् । देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन् । यो हो नेपाली कांग्रेस ।’

    उनले विशेष महाधिवेशनमा भेला भएकाहरू नै बीपी र गणेशमानका सच्च अनुयायी र सन्तान भएको बताए ।

    ‘नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइराला, श्रद्धेय गणेशमानको परिवारका सदस्यहरू यहाँ हुनुहुन्न । तर, त्यो भन्दा ठूलो परिवारको सदस्य हौं हामी । हामी हौं गणेशमानका सन्तान, हामी हौं बीपीका सन्तान । किनकी, जसले बीपी र गणेशमानका विचार बोके उनीहरू नै तिनका सन्तान हुन्,’ उनले भने ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend