Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना


१, माघ २०८२
  • 82
    SHARES
  • कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

    काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको भन्दै कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई दिएका छन्।

    उनले साना दलको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात कांग्रेसबाट भएको भन्दै गगन टिमलाई बधाई दिएका हुन्।
    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना ।’

    गगन थापा र यो टिमले गरेको कामले अन्य दलको पुनर्संरचनामा बल पुग्ने विश्वास व्यक्त गर्दै भट्टाईले वैकल्पिक राजनीतिक शक्तिसँग प्रतिस्पर्धा र सहकार्य गर्दै अगाडि बढ्न अनुरोध गरेका छन्।

    ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरु र पुनर्संरचित दलहरू वीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना’, उनले फेसबुकमा थप लेखेका छन्।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend