Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर बजारमा ६ महिनापछि १६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार


१२, माघ २०८२
  • 70
    SHARES
  • शेयर बजारमा ६ महिनापछि १६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    काठमाण्डौं– हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ०७ अङ्कले घटेर २ हजार ७ सय ६९ दशमलव ०९ विन्दुमा झरेको छ ।

    आज होटल, जलविद्युत्, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ६५ वटा कम्पनीको शेयर घटेकोमा ८८ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

    आज नेपाल हाइड्रो पावर कम्पनीको शेयर सबैभन्दा धेरै ३ दशमलव १२ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी विकास बैंक, माउन्टेन हाइड्रो नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ सय ३२ वटा कम्पनीका ३ करोड ६२ लाख कित्ता शेयर १६ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।

    यो कारोबार रकम ६ महिनायताकै उच्च हो । यसअघि गएको साउन १४ गते १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend