Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

सर्लाहीमा गगन थापा - सम्मान, समानता र नयाँ राजनीतिक संस्कृतिको यात्रा


१४, माघ २०८२
  • 157
    SHARES
  • सर्लाहीमा गगन थापा - सम्मान, समानता र नयाँ राजनीतिक संस्कृतिको यात्रा

    सर्लाही l नेपाली कांग्रेसका सभापति तथा प्रस्तावित प्रधानमन्त्री उम्मेदवार गगन थापाले मधेशको भूमिबाट आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका छन्।

    सर्लाही क्षेत्र नम्बर ४ का मतदातासँग पहिलोपटक प्रत्यक्ष संवाद गर्दै उनले उम्मेदवारी मात्र घोषणा गरेनन्, नेपाली राजनीतिमा आदर, समानता र सहअस्तित्वमा आधारित नयाँ संस्कृतिको स्पष्ट सन्देश दिए । “म प्रश्न उठाउन होइन, त्यसको उत्तर खोज्न आएको छु,” भन्ने थापाको अभिव्यक्तिले उनको सम्पूर्ण सम्बोधनको भाव स्पष्ट पारेको थियो-समस्या औँल्याउने मात्र होइन, समाधानसहितको नेतृत्व ।

    सभापति थापाको सम्बोधन चुनावी प्रतिबद्धताको सूचीभन्दा पनि मधेश-पहाड सम्बन्ध पुनःस्थापित गर्ने भावनात्मक दस्तावेजजस्तो देखिन्थ्यो । बीपी कोइरालादेखि प्रदीप गिरीसम्मको कांग्रेस परम्परा स्मरण गर्दै उनले देश निर्माणमा मधेशले पुर्‍याएको योगदान र त्यसले अझै पाउन नसकेको सम्मानको विषय उठाए।

    “समानताको अभ्यास” गर्न आफू मधेश आएको स्पष्ट पार्दै उनले भने, “मधेशलाई समाहित नगरी म सम्पूर्ण रूपमा नेपाली बन्न सक्दिनँ।” यो अभिव्यक्ति राजनीतिकभन्दा बढी सांस्कृतिक आत्मीयताको संकेतका रूपमा लिइयो । तीनपटक काठमाडौंबाट निर्वाचित भएर अनुभव बटुलेका सभापति थापाले सर्लाहीका नागरिकसँग कागजमा होइन, व्यवहारमा प्रतिनिधित्व देखाउने वाचा गरे।

    0d8dcf44-2cbe-466e-84e0-240c90842a2e.jpg

    शिक्षा, स्वास्थ्य, सिँचाइ र युवा रोजगारीलाई प्राथमिकता दिँदै उनले यी क्षेत्रमा समाधानमुखी काम गर्न सम्बन्धित टोलीहरू अहिलेबाटै सक्रिय रहेको जानकारी दिए । विशेष रूपमा, सर्लाहीमै “स्थायी सांसद कार्यालय” स्थापना गर्ने प्रतिबद्धताले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ । “सर्लाहीका नागरिकले सांसद खोज्न काठमाडौं आउनु नपरोस्,” उनले भने ।

    गगन थापाको राजनीतिक शैली पुरानो ‘एकपटक आएर हल्लिने’ प्रवृत्तिभन्दा फरक देखियो । उनले यहाँको भाषा, संस्कार र जीवनशैली सिक्ने प्रतिबद्धता व्यक्त गर्दै सर्लाही ४ लाई केवल निर्वाचन क्षेत्र होइन, नेपाली समानताको प्रतीक बनाउने दृष्टि प्रस्तुत गरे । आफूलाई “सेवक नेतृत्व” को प्रतिनिधि भन्दै उनले भने, “म यहाँ नेता होइन, तपाईंहरूको सेवक हुँ ।”

    कांग्रेसभित्रको नयाँ सोच र सुधारको प्रतीकका रूपमा प्रस्तुत भएका सभापति थापाले पार्टीको ‘नयाँ अध्याय’ को संकेत पनि दिए। मान, सम्मान र सहअस्तित्वमा आधारित शासन प्रणालीमार्फत कांग्रेसले देशलाई नयाँ ढंगले हाँक्ने उनको भनाइ थियो ।

    नेपाली कांग्रेसका सभापति गगन थापाको सर्लाही प्रवेश चुनावी राजनीतिभन्दा धेरै गहिरो सन्देश बोकेको देखिन्छ । नेतृत्व काठमाडौंका कोठाभित्र होइन, जनताको जीवनभित्र खोजिनुपर्छ भन्ने उनको दृष्टिले मधेशमा नयाँ आशा जगाएको छ । यो ऊर्जा र दृष्टिले वास्तवमै नयाँ राजनीतिक संस्कृतिको सुरुवातसँगै त्यस क्षेत्रबाट निर्वाचित पहिलो प्रधानमन्त्रीको रुपमा देख्न पाउनेछ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend