Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

ओलीको स्पष्टीकरण : प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो


१४, माघ २०८२
  • 69
    SHARES
  • ओलीको स्पष्टीकरण : प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गतेको घटनाबारे स्पष्टीकरण दिएका छन्।

    उनले केही दिनयता तत्कालीन प्रधानमन्त्री हुँदाको समयमा आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्दै गलत प्रचार भइरहेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा निराधार भनेका हुन् ।

    संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको बताउँदै ओलीले आफूले त्यस्तो आदेश न दिएको, न दिने सोच नै गर्न नसक्ने बताएका छन्।

    जेन-जी आन्दोलनका क्रममा भएको उक्त घटनापछि तत्कालै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै २३ भदौमा ज्यान गुमाएका १९ जना बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    भदौ २३ गते घुसपैठको सम्भावना देखिएकाले सुरूमा माइतीघर मण्डल प्रदर्शन रोक्ने निर्णय गरिएको पनि बताएका छन्। तर शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले सहजै स्वीकृति दिएको उनले स्मरण गराए ।

    भदौ २३ गते बिहान सुरू भएको जेन–जीको प्रदर्शन शान्तिपूर्ण रूपमा चलेको उनले बताएका छन्। ‘उक्त क्रममा न गोली चलेको थियो, न लाठीचार्ज भएको थियो’, उनले भनेका छन् ।

    ओलीले करिब मध्यान्हतिर घुसपैठ गर्ने समूहले प्रदर्शनकारी युवाहरूलाई निषेधित क्षेत्रतर्फ लैजान थालेको दाबी गरेका छन्। आयोजकहरूले पटक–पटक घुसपैठ भएको भन्दै घर फर्किन आग्रह गरे पनि योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसका विद्यार्थीलाई अगाडि राखेर संसद् भवनतर्फ लैजान खोजेको उनको दाबी छ ।

    उनले संसद् भवनअगाडि आगजनीको प्रयास र विस्फोटक पदार्थ प्रयोग भएपछि त्यस अवस्थालाई ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको आक्रमण’ मानिने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्। संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको र त्यसपछिका घटनाले सबैलाई गहिरो पीडा दिएको ओलीको भनाइ छ।

    ओलीले सुरक्षाकर्मीले सरकारको आदेश होइन, कानुनको सपथ लिएको र त्यस दिन पनि सरकारको आदेशमा गोली नचलेको स्पष्ट पारेका छन्। माइतीघरको शान्तिपूर्ण प्रदर्शनदेखि वानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै बल प्रयोग नभएको उनले दोहोर्‍याएका छन्।

    उनले सामाजिक सञ्जालमा फैलाइएका गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह गर्दै १९ जना बालबालिकाको मृत्युबाट आफू अत्यन्त मर्माहत रहेको बताएका छन्।

    यसका साथै भदौ २३ गते माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट युवाहरूलाई संसद् भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी लग्यो भन्ने प्रश्नको जवाफ खोज्न पनि ओलीले आग्रह गरेका छन्।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend