Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

सरकारको वैधतामा मुद्दा विचाराधीन, तत्काल सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने


१४, माघ २०८२
  • 65
    SHARES
  • सरकारको वैधतामा मुद्दा विचाराधीन, तत्काल सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने

    काठमाडौं – नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन्।

    पार्टीको डेलिगेसन टोलीले भोलि बिहान १० बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने नेता श्यामकुमार घिमिरेले जानकारी दिए।

    घिमिरेका अनुसार एमाले र कांग्रेससहितका ठूला दलहरूले वर्तमान सरकारलाई मान्यता नदिएको र सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर गरिएको मुद्दा अदालतमा विचाराधीन रहे पनि हालसम्म सुनुवाइ सुरु भएको छैन।

    ‘हामी अदालतको निर्णय मान्छौँ। मुद्दामा तुरुन्त पेशी तोकेर सुनुवाइ सुरु होस् भन्ने मागसहित सर्वोच्च जान लागेका हौँ,’ उनले खबरहबसँग भने।

    कांग्रेसका वरिष्ठ नेताहरूले संविधान र कानुनअनुसार प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको धारणा राख्दै आएका छन्।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend