Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्ने कांग्रेसको प्रतिबद्धता : उपसभापति पुष्पा भुसाल


२९, माघ २०८२
  • 185
    SHARES
  • युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्ने कांग्रेसको प्रतिबद्धता : उपसभापति पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा संलग्न गराउने स्पष्ट योजनाका साथ कांग्रेस यसपटकको निर्वाचनमा होमिएको बताउनुभएको छ ।

    नेपाली कांग्रेस मालारानी गाउँपालिकाले खनदहमा बुधवार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उपसभापति भुसालले कांग्रेसको मुख्य प्राथमिकता युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नु रहेको उल्लेख गर्नुभयो ।

    “कांग्रेसको प्राथमिकता भनेको युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्नु हो,” उहाँले भन्नुभयो, “सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा युवालाई अवसर दिने नीति अघि सारेका छौं।”उहाँले युवालाई विदेश पलायन गराउने होइन, स्वदेशमै सम्भावना खोजेर आत्मनिर्भर बनाउने नीति कांग्रेसले लिएको स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री तथा अर्घाखाँचीका उम्मेदवार विष्णु प्रसाद खनाल (मुस्कान) ले अर्घाखाँचीमा कृषि, पर्यटन, पशुपालन र प्रविधिको माध्यमबाट युवालाई स्वरोजगार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले युवाको विदेश पलायन रोक्न आफू संसदमा जान चाहेको उल्लेख गर्दै जनताको माग र भावनाअनुसार काम गर्ने वाचा गर्नुभयो ।

    जिल्ला सभापति केशव श्रेष्ठ, समानुपातिक उम्मेदवार ललिता सुनार, कांग्रेस नेतृ निर्मला क्षेत्री, नेता सूर्य अधिकारीलगायतले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रम नेपाली कांग्रेस मालारानी गाउँपालिका सभापति शोभाखर खनालको सभापतित्व, सचिव रविन घिमिरेको सञ्चालन र तिलक खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    यसैबीच, नेपाली कांग्रेस मालारानी गाउँपालिका वडा नम्बर ३ को बैठकले वडा सभापति तिलक खनालको संयोजकत्वमा १ सय १ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको जनाएको छ । निर्वाचन लक्षित गतिविधि तीव्र पार्ने निर्णयसहित बैठक सम्पन्न भएको हो ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend