Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

सुशासन र लोकतन्त्रका लागि कांग्रेस उम्मेदवारको विजय आवश्यक: उपसभापति पुष्पा भुसालको जोड


२, फागुन २०८२
  • 223
    SHARES
  • सुशासन र लोकतन्त्रका लागि कांग्रेस उम्मेदवारको विजय आवश्यक: उपसभापति पुष्पा भुसालको जोड

    अर्घाखाँची ।  नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले मुलुकमा सुशासन कायम गर्दै समृद्धिको यात्रा तीव्र पार्न कांग्रेस नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

    राष्ट्रियता, लोकतन्त्र र समाजवादको मन्त्रसहित शितगंगा नगर कार्यसमितिद्वारा आयोजित प्रतिनिधिसभा उम्मेदवारसँग भेटघाट तथा प्रचार–प्रसार कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी भुसालले युवालाई प्रविधिमा जोडेर स्वदेशमै रोजगारी सिर्जना गर्ने कांग्रेसको नीति स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, “कांग्रेसको प्राथमिकता युवालाई सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना उद्योग, पर्यटन र नवप्रवर्तनमा अवसर दिनु हो । विदेश पलायन रोकेर स्वदेशमै आत्मनिर्भर बनाउने हाम्रो योजना छ ।”रुख चिन्हका उम्मेदवार विष्णु प्रसाद खनाल (मुस्कान) लाई अत्यधिक मतले विजयी गराउने लक्ष्यसहितको कार्यक्रममा नेता खनालले अर्घाखाँचीमा कृषि, पर्यटन, पशुपालन र प्रविधिबाट युवा स्वरोजगारको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले संसदमा पुगेर जनमागअनुसार काम गर्ने वाचा गर्नुभयो । त्यस्तै समानुपातिक उम्मेदवार ललिता सुनारले नेपाली कांग्रेस बिना मुलुकले सहि गति लिन नसक्ने भन्दै काँग्रेसमा मतदान गर्न अनुरोध गर्नुभएको छ ।

    कार्यक्रममा केन्द्रीय सदस्य कमल भुसाल, पूर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल,प्रदेश सदस्य शान्ता भण्डारी,जिल्ला उपसभापति विष्णु प्रसाद भुसाल र बाबुराम पौडेल, सचिव कृष्ण खनाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको पूर्व सचेतक निर्मला क्षेत्री, युवा नेता लेखनाथ पोखरेल,सूर्य अधिकारी, लोकेन्द्र विश्वकर्मा, इन्द्रमणि पाैडेल, नेपाली कांग्रेस अर्घाखाँची रूपन्देही संपर्क समितिका सभापति टीकाराम बन्जाडे लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

    359e5c62-6a5b-4dc7-bf0f-7bc242ce5864.jpg

    शितगंगा सभापति मोहन पन्थीको सभापतित्व र सचिव चन्द्रमणि बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रमले विकास, सुशासन र समृद्धिको एजेन्डालाई बल पुग्ने अपेक्षा गरिएको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend