Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

सर्लाहीमा जसपा–लोसपाका शीर्ष नेता कांग्रेसमा, गगन थापाको अभियानलाई बलियो साथ


३, फागुन २०८२
  • 104
    SHARES
  • सर्लाहीमा जसपा–लोसपाका शीर्ष नेता कांग्रेसमा, गगन थापाको अभियानलाई बलियो साथ

    सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहेका बेला सर्लाहीको राजनीतिक समीकरणमा महत्वपूर्ण फेरबदल देखिएको छ।

    जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय तहका प्रभावशाली नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी र लोसपाका महासचिव मनिष मिश्रसहित केदारसिंह ठटौलालगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू शनिबार एक कार्यक्रमबीच औपचारिक रूपमा कांग्रेसमा समाहित भएका हुन्।

    उनीहरूलाई सर्लाहीमा चुनावी अभियानमा रहेका नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगनकुमार थापाले स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लोकतान्त्रिक मूल्य, समावेशी सोच र विकासको साझा लक्ष्यले फरक राजनीतिक पृष्ठभूमिका नेताहरूलाई एउटै धारमा उभ्याएको बताए।

    उनले देशलाई अहिले स्थिरता, सुशासन र परिणाममुखी विकास आवश्यक रहेको उल्लेख गर्दै विचार मिल्ने र देशको हित चाहने सबै शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे। “देशलाई स्थिरता, सुशासन र परिणाममुखी विकास चाहिएको छ।

    त्यसका लागि विचार मिल्ने सबै शक्ति एउटै यात्रामा अघि बढ्नु आवश्यक छ,” थापाको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागी नेताहरूले बताएका छन्। नवप्रवेशी नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा जनताका अपेक्षा पूरा गर्न सक्षम र विश्वसनीय शक्ति कांग्रेस नै भएको निष्कर्षसहित पार्टी प्रवेश गरेको बताएका छन्।

    उनीहरूले जिल्लाको समग्र विकास, राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन कांग्रेससँग सहकार्य अपरिहार्य रहेको धारणा राखे। सर्लाहीमा जसपा र लोसपाका केन्द्रीय तहका नेताहरू कांग्रेसमा प्रवेश गर्नुले निर्वाचनअघि कांग्रेसको संगठनात्मक पकड अझ मजबुत हुने आकलन गरिएको छ। विशेषतः सर्लाही–४ मा उम्मेदवार रहेका सभापति थापाको चुनावी अभियानलाई यसले थप ऊर्जा र समर्थन प्रदान गर्ने राजनीतिक वृत्तमा चर्चा छ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend