Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन


३, फागुन २०८२
  • 53
    SHARES
  • उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

    काठमाडौं– निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ ।  

    आइतबार आयोगमा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिताका विषयलाई समेटेर आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरिएको जानकारी दिएका हुन् । 

    उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो गर्न पाउने, प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न मिल्ने आयोगले जनाएको छ । 

    त्यस्तै आयोगले निर्वाचनसम्बन्धी खर्च गर्दा अनिवार्य रूपमा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्ने, टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अङ्कित सामग्री वितरण र प्रयोग गर्न नमिल्ने जनाएको छ । 

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिताको पूर्ण परिपालना भए–नभएको आयोगले नियमित अनुगमन गर्ने र आचारसंहिता उलङ्घन भएको पाइएमा सचेत गराइने देखि दण्ड जरिवाना साथै उम्मेदवारी खारेजी सम्मको सजायको व्यवस्था रहेको बताए ।

    उनले निर्वाचन आचारसंहिता राजनीतिक दल एवं सरकारवाला पक्षहरूसँग विचार विमर्श गरेर तयार भएकाले दल र उम्मेदवारहरूले पालना गर्ने आयोगको विश्वास रहेको धारणा राखे ।

    आचारसंहिता उल्लङ्घन गरे ६ वर्षसम्म पुनः पछि कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था समेत रहेको उनले बताए । 

    त्यस्तै भण्डारीले मतदाता शिक्षाका लागि आयोगले बजेट विनियोजन गरिसकेकाले सही ठाउँमा खर्च भयो वा भएन भन्ने लगायतका विषयमा पनि आयोगले नजिकबाट अनुगमन गरिरहेको बताए । 

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend