Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

५ वर्षमै ‘डिजिटल हब’ नेपाल : गगन थापाको ४ खर्ब आईटी निर्यात र २ लाख रोजगारीको योजना


४, फागुन २०८२
  • 124
    SHARES
  • ५ वर्षमै ‘डिजिटल हब’ नेपाल : गगन थापाको ४ खर्ब आईटी निर्यात र २ लाख रोजगारीको योजना

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र दक्षिण एसियाकै उदीयमान ‘डिजिटल हब’ का रूपमा स्थापित गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि (आईटी) क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने स्पष्ट दृष्टिकोण अघि सारे । थापाले पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने र २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको बताए ।

    “हामी दत्तचित्त भएर लाग्यौँ भने पाँच वर्षमै उल्लेखनीय फड्को मार्न सक्छौँ,” उनले भने, “प्रविधि क्षेत्रमा सानो सुधारले पनि ठूलो परिणाम दिन सक्छ ।” केही समयअघि कीर्तिपुरमा आयोजित कार्यक्रममा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ’ भन्ने उनको अभिव्यक्ति सामाजिक सञ्जालमा ट्रोल बनेको सन्दर्भ उल्लेख गर्दै थापाले त्यो कुनै हावादारी कुरा नभई दीर्घकालीन डिजिटल अर्थतन्त्र निर्माणको योजनाबद्ध सोच भएको स्पष्ट पारे ।

    उनले सन् २०२४ देखि २०३४ सम्मलाई ‘आईटी दशक’ घोषणा गर्दै कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने तथा ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गराउने लक्ष्यसमेत अघि सारे ।

    नेपाल अब केवल फ्रिल्यान्सिङ र बीपीओ सेवामा सीमित नरही आफ्नै डिजिटल उत्पादन विकास र निर्यातमा केन्द्रित हुनुपर्ने उनको जोड थियो । सभापति थापाका अनुसार, स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ स्थापना, सार्वजनिक–निजी साझेदारी (PPP) मोडलको प्रभावकारी कार्यान्वयन तथा कानूनी अड्चनहरूको अन्त्य अनिवार्य शर्त हुन् ।

    “नीतिगत स्पष्टता र स्थायित्व भयो भने आईटी क्षेत्रले केही वर्षमै व्यापक सुधार र आर्थिक उछाल ल्याउन सक्छ,” उनले सरकारसँग आग्रह गरे । उनको यो डिजिटल रोडम्यापलाई आगामी निर्वाचनको तयारीसँग पनि जोडेर हेरिएको छ। सूचना प्रविधिलाई समृद्धिको प्रमुख इञ्जिन बनाउने कांग्रेस नेतृत्वको घोषणा अहिले राजनीतिक तथा प्रविधि वृत्तमा व्यापक बहस र चासोको विषय बनेको छ ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend