Logo

Oct 04 2026 | २०८३, असोज १८गते

लोकप्रिय

लोकप्रिय

‘सरकारमा होस् वा सडकमा-गगन थापाको मधेस प्रतिज्ञा : एक इन्च पनि पछि नहट्ने अठोट


६, फागुन २०८२
  • 75
    SHARES
  • ‘सरकारमा होस् वा सडकमा-गगन थापाको मधेस प्रतिज्ञा : एक इन्च पनि पछि नहट्ने अठोट

    जनकपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस केन्द्रित महत्वाकांक्षी ‘मधेस प्रतिज्ञा’ सार्वजनिक गर्दै सरकारमा हुँदा होस् वा प्रतिपक्षमा बस्दा पनि पार्टी आफ्नो प्रतिबद्धताबाट एक इन्च पनि पछि नहट्ने दृढ अठोट व्यक्त गरेका छन्।

    मधेसलाई पुनः ‘अन्नको भण्डार र ज्ञानको केन्द्र’ का रूपमा स्थापित गर्ने संकल्पसहित उनले कांग्रेस अब कागजी घोषणामा सीमित नहुने, बरु प्रतिज्ञाको अक्षर–अक्षर कार्यान्वयन गर्ने पार्टीका रूपमा रूपान्तरण हुने दाबी गरे।

    “कसैले लेखेको भाषण पढ्न म यहाँ आएको होइन, सर्लाहीबाट काठमाडौं गएर मेरो टिमसँग बसेर एक–एक अक्षर केलाएर प्रतिज्ञापत्र तयार गरेको हुँ,” उनले स्पष्ट पारे।

    मधेससँगको सम्बन्धलाई राजनीतिक स्वार्थभन्दा माथि उठाउँदै थापाले आफू मधेसको नेता नभई “बेटा” बन्न आएको उल्लेख गरे। “मेरो नसामा मधेसी आमाको रगत नहोला, तर मेरो छातीमा दुर्गानन्द झाको साहस र आँखामा महेन्द्र नारायण निधिको सपना छ,” भन्दै उनले मधेसी पहिचानप्रति सम्मान सुनिश्चित गर्ने उद्घोष गरे।

    सिंहदरबारमा मधेसी पहिरन र पहिचानप्रति गर्वका साथ उभिने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता थियो। राजा जनकको प्रतिज्ञा र भगवान रामको विजय प्रसंग स्मरण गर्दै थापाले कांग्रेसको आगामी यात्रा ‘प्रतिज्ञा’ मा आधारित हुने बताए। २७ वटा क्षेत्रमा ७ वर्ष लगाएर तयार गरिएको दस्तावेज कार्यान्वयनमा केन्द्रित रहने उनको भनाइ थियो।

    शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधारको योजना प्रस्तुत गर्दै उनले मधेसलाई पुनः ज्ञानको केन्द्र बनाउने, गणित र विज्ञान शिक्षालाई सुदृढ गर्ने तथा ‘एक रुपैयाँ पनि तिर्नु नपर्ने’ स्वास्थ्य बीमा प्रणाली लागू गर्ने ग्यारेन्टी दिए। कृषि र रोजगारीलाई प्राथमिकतामा राख्दै उनले यो दशकलाई ‘किसानको दशक’ बनाउने घोषणा गरे।

    ४ खर्ब बराबरको कृषि आयात घटाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित वैदेशिक रोजगारीमा रहेका युवालाई दूतावासमार्फत संरक्षण र स्वदेश फर्किएपछि उद्यमशीलताको अवसर दिने योजना पनि उनले सुनाए।

    साथै, ‘टिम नेपाल’ को अवधारणा अघि सार्दै थापाले कांग्रेस एक्लैले होइन, सबै मिलेर कुशासन, गरिबी र बेरोजगारीविरुद्ध लड्ने सन्देश दिए। उनले उम्मेदवारहरूलाई घर–घर पुगेर मतदातासँग संवाद गर्न र प्रतिज्ञा सुनाउन निर्देशन दिँदै ‘मधेस प्रतिज्ञा’ लाई आगामी चुनावी अभियानको मुख्य आधार बनाउने संकेत गरे।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend