Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको प्रतिज्ञापत्रमा डायस्पोरा प्राथमिकता: नागरिकता निरन्तरता, मतदान अधिकार र एकीकृत एनआरएन ऐनको प्रतिबद्धता


८, फागुन २०८२
  • 87
    SHARES
  • कांग्रेसको प्रतिज्ञापत्रमा डायस्पोरा प्राथमिकता: नागरिकता निरन्तरता, मतदान अधिकार र एकीकृत एनआरएन ऐनको प्रतिबद्धता

    काठमाडौँ । नेपाली कांग्रेसले विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली (डायस्पोरा) का मुद्दालाई आफ्नो प्रतिज्ञापत्रमा स्पष्ट र प्राथमिकताका साथ सम्बोधन गरेको छ।

    सभापति गगनकुमार थापाले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गर्दै डायस्पोरासँगको सम्बन्धलाई “अटुट सम्बन्ध, विस्तारित नेपाल” शीर्षकअन्तर्गत समेटिएको जानकारी दिए। प्रतिज्ञापत्रको पृष्ठ १७० देखि १७४ सम्म डायस्पोरा नीतिलाई छुट्टै अध्यायका रूपमा राखिएको छ।

    कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उठाउँदै आएको ‘एक पटकको नेपाली सधैंको नेपाली’ नारालाई आत्मसात् गर्दै नागरिकताको निरन्तरता, पैतृक सम्पत्ति र मतदानको अधिकार कानुनी रूपमा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

    कांग्रेसले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीहरूको भावनालाई “विस्तारित नेपाल” को अवधारणासँग जोड्दै उनीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई राष्ट्रिय समृद्धिसँग आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

    प्रतिज्ञापत्रमा उल्लेख छ, “डायस्पोराको इज्जत र सम्मानलाई नेपालको समृद्धिसँग जोड्नु आजको अनिवार्यता हो।” कांग्रेसले विद्यमान कानुनी जटिलता हटाउँदै एकीकृत गैरआवासीय नेपाली ऐन ल्याउने घोषणा गरेको छ।

    नागरिकता लिए पनि व्यवहारमा प्रभावकारी उपयोग गर्न नसकिएको अवस्थालाई सम्बोधन गर्दै भूमि, अध्यागमन, कम्पनी र श्रम सम्बन्धी कानुनमा आवश्यक संशोधन गर्ने उल्लेख गरिएको छ।

    उद्देश्य—डायस्पोरालाई नेपाली नागरिक सरह सुविधा र सुरक्षा प्रदान गर्नु। विदेशबाटै मतदानको व्यवस्था वर्षौंदेखि उठ्दै आएको “नोट चल्छ, भोट चल्दैन” भन्ने बहसलाई सम्बोधन गर्दै कांग्रेसले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ। यसका लागि निर्वाचन कानुन संशोधन गर्ने प्रतिज्ञा गरिएको छ।

    लगानी, पूँजी बजार र दोहोरो कर अन्त्य आर्थिक समृद्धिमा डायस्पोराको भूमिकालाई निर्णायक मान्दै कांग्रेसले गैरआवासीय नेपालीलाई पूँजी बजारमा सहज पहुँच दिलाउने र दोहोरो कर अन्त्यका लागि द्विपक्षीय सम्झौता गर्ने नीति अघि सारेको छ।

    पूर्वाधार विकासमा डायस्पोराको पूँजी परिचालनलाई “कोशेढुङ्गा” सावित हुने दाबी गरिएको छ। साथै, विदेशमा आर्जित ज्ञान, सीप र प्रविधिलाई देशको नीति निर्माण तथा अनुसन्धानमा जोड्न “नलेज एन्ड इनोभेसन सेन्टर” जस्ता संयन्त्रमार्फत उच्च दक्षता प्राप्त नेपाली विज्ञहरूको पहिचान र सहभागिता सुनिश्चित गर्ने उल्लेख छ।

    विदेशमा हुर्किएको दोस्रो र तेस्रो पुस्तामा नेपालप्रतिको अपनत्व कायम राख्न सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रतिज्ञापत्रमा छ। आवासीय समर स्कूल, भाषा–संस्कृति प्रवर्द्धन, खेलकुद र कला क्षेत्रमा सहभागिता जस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने जनाइएको छ। त्यसैगरी, डायस्पोराले आफ्नो जन्मथलोमा शिक्षा वा स्वास्थ्य क्षेत्रमा लगानी गरेमा सरकार–डायस्पोरा सामुदायिक विकास कोषमार्फत सह–लगानी गर्ने मोडेल अघि सार्ने उल्लेख छ।

    कांग्रेसले डायस्पोरालाई केवल रेमिट्यान्सको स्रोत नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, नवप्रवर्तन र प्रविधि हस्तान्तरणको बलियो खम्बाका रूपमा चित्रण गर्दै अधिकार सुरक्षित र भावनात्मक सम्बन्ध कानुनी रूपमा कसिलो बनाउँदा मात्रै “समुन्नत नेपाल” को लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेको छ।

  • संगठनदेखि विशेष महाधिवेशनसम्म सक्रिय अब्दुल सत्तार : सहमहामन्त्रीमा मुस्लिम कोटाबाट दाबी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक बहससँगै सहमहामन्त्री पदमा मुस्लिम कोटाबाट अब्दुल सत्तारको उम्मेदवारी

  • कांग्रेस महाधिवेशन : सोमबार खुल्दैछ उम्मेदवारीको ढोका

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमबारदेखि औपचारिक

  • कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुवेदीको केन्द्रीय सदस्यमा उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेताका रूपमा सर्वसम्मत चयन भएका जीवन सुवेदीले

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend