Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण


१०, फागुन २०८२
  • 87
    SHARES
  • नेपालको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण

    काठमाण्डाै – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि साढे ३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

    पछिल्लो प्रदर्शनपछिको आर्थिक अनिश्चितता, लगानीको वातावरण कमजोर हुनुले वृद्धिदर घटेको आईएमएफले निष्कर्ष निकालेको छ । यसअघि आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

    यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएकोप्रति सचेत गराएको छ । आईएमएफका अनुसार गएको जनवरीसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) ५ दशमलव ४ प्रतिशत पुगेको छ ।

    यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपाल सरकारका अधिकारीहरूबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको सातौँ अर्थात् अन्तिम किस्ताका लागि कर्मचारी तहमा सहमति भएको छ ।

    यो सहमतिलाई आईएमएफको कार्यकारी बोर्डले स्वीकृति गरेपछि नेपालले अन्तिम किस्ताबापतको ४ करोड ३२ लाख डलर अर्थात् सवा ६ अर्ब रुपैयाँ प्राप्त गर्नेछ । यो किस्ता आएपछि नेपालले ईसीएफ अन्तर्गतको कुल पौने ५६ अर्ब रुपैयाँ प्राप्त गर्नेछ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend