Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छोरी एलिनाको १०औँ जन्मदिनमा एलिजाको भावुक सन्देश: “तिमी नै मेरो सुरक्षित संसार”


१२, चैत २०८२
  • 556
    SHARES
  • छोरी एलिनाको १०औँ जन्मदिनमा एलिजाको भावुक सन्देश: “तिमी नै मेरो सुरक्षित संसार”

    अस्ट्रेलिया l एलिजा थापाले आफ्नी छोरी एलिना बोहराको १०औँ जन्मदिनका अवसरमा व्यक्त गरेको भावुक सन्देश यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेको छ ।

    उक्त सन्देशमार्फत उनले छोरीप्रतिको अथाह माया, गर्व र मातृत्वको गहिरो अनुभूति अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेकी छन् । थापाका अनुसार, प्रत्येक रात सुत्नुअघि छोरीसँग हुने साना-साना संवादहरू उनका लागि जीवनकै सबैभन्दा अमूल्य क्षण हुन् । “तिमी आफ्ना साना कथाहरू, विद्यालयका अनुभव, खुसी र दुःख सबै मसँग बाँड्छ्यौ ।

    कहिलेकाहीँ म तिमीलाई सुत्न हतार गराउँछु, तर ती क्षणहरू म मनभित्र गहिरो रूपमा संजोइरहेकी हुन्छु,” उनले उल्लेख गरेकी छन् । उनले ती संवादहरूले आफू छोरीको ‘सुरक्षित स्थान’ भएको अनुभूति दिलाउने बताएकी छन् । “यो अव्यवस्थित संसारमा पनि तिमी मसँग फर्केर आउँछ्यौ र आफ्ना सबै भावना खुलस्त राख्छ्यौ ।

    त्यसले मलाई लाग्छ—सायद मैले केही सही गरिरहेकी छु,” उनले लेखेकी छन् । उनको जन्मघर र कर्मघर गुल्मी भएतापनि हाल उनी विगत डेढ दशकदेखि आफ्ना पति दीपक बोहरा र छोरीसँग अस्ट्रेलियामा बसोबास गर्दै आएकी छन् ।

    आफ्नो पेशागत जीवनका क्रममा विभिन्न आमाहरूका संघर्ष र अनुभवहरू नजिकबाट देखेको उल्लेख गर्दै थापाले मातृत्वसँगै आउने आत्मग्लानि र ‘पर्याप्त नगरेको’ अनुभूतिबारे पनि खुलेर व्यक्त गरेकी छन् । तर छोरीकै माध्यमबाट उनले एउटा महत्वपूर्ण सत्य बुझेकी छन् । हरेक बच्चा फरक हुन्छ, हरेक यात्रा फरक हुन्छ र सम्भवतः सबै आमाहरू आफ्ना ठाउँमा आफ्नो सर्वोत्तम प्रयास गरिरहेका हुन्छन् ।

    सन्देशमा उनले छोरी एलिनाको संवेदनशीलता, समझदारी र बुद्धिमत्ताको पनि खुलेर प्रशंसा गरेकी छन् । “तिमी यति सानै उमेरमा यति गहिरो रूपमा कुरा बुझ्छ्यौ कि म आफैं अचम्म मान्छु ।

    तिमी अत्यन्त बुद्धिमान् छ्यौ, तर तिम्रो मुटु झन् सुन्दर छ,” उनले लेखेकी छन् । छोरी क्रमशः स्वतन्त्र बन्दै गएको देख्दा आफूलाई मिठो पीडा महसुस हुने बताउँदै उनले अन्त्यमा सन्देश दिएकी छन्, “जीवनले जहाँ पुर्‍याओस्, सधैं यो अनुभूति साथमा लिएर जाऊ-तिमी गहिरो रूपमा माया गरिएकी छ्यौ, सधैं सुरक्षित छ्यौ ।”

    उक्त सन्देशले मातृत्वको यथार्थ र आमाछोरीबीचको न्यानो सम्बन्धलाई जीवन्त रूपमा उजागर गरेको भन्दै सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन् ।

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend