Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भाडा नतिर्ने भृकुटिमण्डपमा स्टलमा समाज कल्याण परिषद्को ताला


१, वैशाख २०८३
  • 86
    SHARES
  • भाडा नतिर्ने भृकुटिमण्डपमा स्टलमा समाज कल्याण परिषद्को ताला

    काठमाण्डौ- समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ र भवनहरूको करोडौं रुपैयाँ भाडा उठ्न बाँकी रहेको पाइएको छ । 

    परिषद्ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न संघ–संस्था, मिडिया क्लव र राजनीतिक संगठनहरूले लामो समयदेखि भाडा नबुझाई वक्यौता राखेका छन् । हिजोदेखि भाडा नबुझाउने स्टलहरूमा परिषद्ले ताल्चा लगाउन थालेको छ । 

    परिषद्को तथ्याङ्कअनुसार मिडिया र सामाजिक संस्थाहरू बक्यौतामा अग्रपंक्तिमा देखिएका छन् । रिपोर्टर्स क्लव नेपालले स्टल नं. २२ को मात्रै ७३ लाख ४० हजार ९०१ रुपैयाँ ७५ पैसा भाडा बुझाउन बाँकी छ भने नेपाल पत्रकार महासंघको नाममा स्टल नं. ७ को ३३ लाख ७ हजार ४२१ रुपैयाँ ६५ पैसा वक्यौता देखिएको छ ।

    राजनीतिक दल निकट संगठनहरू पनि यसमा पछाडि छैनन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्टल नं. ६० र ६१ को भाडा २०७७ साल चैतदेखि नै नबुझाएको परिषद्को विवरणमा उल्लेख छ । 

    राष्ट्रिय अपाङ्ग महासंघले १ करोड १६ लाख ३२ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ । सबैभन्दा ठूलो रकम भने काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको नाममा देखिएको छ, जसले दुईवटा स्टलको गरी १ करोड रुपैयाँभन्दा बढी वक्यौता राखेको छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend