Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था भोलिदेखि लागू हुँदै


६, वैशाख २०८३
  • 75
    SHARES
  • शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था भोलिदेखि लागू हुँदै

    काठमाण्डौ – भोलिदेखि शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ ।

    नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

    यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको हो । नयाँ नीतिअनुसार प्रि–ओपन सेसनको मूल्य सीमा ५ प्रतिशत कायम गरिएको छ, जुन यसअघि २ प्रतिशत थियो ।

    यसले बजार खुल्नेबित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा छ । यसैगरी, नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर अब तीन तहको सट्टा दुई तहको रहनेछ ।

    कारोबार शुरू भएको दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ भने ८ प्रतिशतले घटबढ भएमा त्यो दिनको सम्पूर्ण कारोबार बन्द हुनेछ ।

    यस्तै, आईपीओ प्रक्रियालाई पारदर्शी बनाउन सेबोनले नयाँ मापदण्ड वैशाख १ देखि लागू गरेको छ, जसअनुसार आवेदक कम्पनीहरूको वित्तीय अवस्थाको जाँच लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गराइनेछ । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend