Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेयर बजारमा सुधार: नेप्से ५ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार


१३, जेठ २०८३
  • 77
    SHARES
  • सेयर बजारमा सुधार: नेप्से ५ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार धितोपत्र बजारमा हरियाली छाएको छ। अघिल्लो दिन घटेको सेयर बजारमा सुधार आउँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा बन्द भएको छ। यसअघि गत सोमबार २७ अंकले बढेको बजार मंगलबार भने ९.२४ अंकले घटेर ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बुधबार परिसूचकसँगै कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ।

    यसदिन बजारमा ३५४ वटा कम्पनीका १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर ६ अर्ब ३ करोड ६४ हजार ८४० रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीहरूमध्ये १५१ वटाको सेयर मूल्य बढेको छ भने १०५ वटाको घटेको छ। बाँकी १४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। बुधबार कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, बुंगल हाइड्रोको सेयर मूल्य १३.३७ प्रतिशत र क्रिष्ट माइक्रोफाइनान्सको मूल्य ८.५२ प्रतिशतले वृद्धि भएको छ।

    कारोबार रकमका आधारमा यसदिन आँखु खोला जलविद्युत आयोजना शीर्ष स्थानमा रह्यो, जसको ७१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। यसैगरी राधी पावरको ४३ करोड, नेसनल हाइड्रोपावरको ३२ करोड, अपी पावरको २० करोड र नगदी ग्रुपको १५ करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको छ। बुधबार फाइनान्स, होटल एण्ड टुरिजम तथा म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ (मनु एण्ड प्रो) समूहको उपसूचकबाहेक बाँकी अन्य सबै उपसमूहका सूचकहरू सकारात्मक देखिएका छन्।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend