Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिहीबार नेप्से सामान्य अंकले बढ्याे, तीन अर्ब ७२ करोडकाे काराेबार


२८, साउन २०८३
  • 90
    SHARES
  • बिहीबार नेप्से सामान्य अंकले बढ्याे, तीन अर्ब ७२ करोडकाे काराेबार

    काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अङ्कले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अङ्कले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अङ्कले बढेर १८२ दशमलव १६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले बढेर १५७ दशमलव ३३ मा पुगेको छ ।

    आज विभिन्न कम्पनीका एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये १० उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । एक उपसमूह स्थिर रह्यो । आज १७१ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिस्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्रभु बैङ्क डिबेञ्चर, ग्लोबल आइएमई बैङ्क डिबेञ्चर, स्ट्रान्डर्ड चार्टड बैङ्कको डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend