Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राज्य व्यवस्था समितिद्वारा पुराना उपसमिति विघटन, दुई नयाँ उपसमिति गठन


४, भदौ २०८३
  • 65
    SHARES
  • राज्य व्यवस्था समितिद्वारा पुराना उपसमिति विघटन, दुई नयाँ उपसमिति गठन

    काठमाडौं ।  संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुईवटा नयाँ उपसमिति गठन गरेको छ। 

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो चाप र उजुरीहरूको प्रभावकारी व्यवस्थापनका लागि नयाँ उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो।

    समितिका सभापति हरि ढकालले बैठकले पुराना उपसमितिहरूमध्ये केहीले कार्य सम्पन्न गरिसकेको र केहीको सान्दर्भिकता परिमार्जन गर्नुपर्ने देखिएकाले ती सबैलाई खारेज गरी नयाँ संरचना तयार गरेको जानकारी दिए।

    सरकारले कानून निर्माणलाई प्राथमिकतामा राखेसँगै समितिमा विधेयकहरूको चाप बढ्ने सुनिश्चित भएकाले कार्यलाई थप क्रियाशील र समयवद्ध बनाउन यो कदम चालिएको सभापति ढकालले स्पष्ट पारे। 

    समितिले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि दफावार छलफल गरी प्रतिवेदन पेश गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ। यस उपसमितिको संयोजकमा विश्वराज पोखरेल रहेका छन्। उपसमितिमा राप्रपा बाहेकका पाँच दलबाट एक–एक जना र अन्य सदस्यहरू गरी समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

    उपसमितिका सदस्यहरूमा दिपकराज बोहोरा, निश्कल राई, बब्लु गुप्ता, रबिन्द्र पटेल, यज्ञमणि न्यौपाने, युवराज दुलाल, विष्णुमाया विक, श्रद्धा कुँवर क्षेत्री, हर्कराज राई र ज्ञानबहादुर शाही रहेका छन्।

    यस उपसमितिलाई विधेयकका सम्बन्धमा विज्ञ, सरोकारवाला र संशोधनकर्ताहरूसँग छलफल गरी गठन भएको मितिले ३० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। 

    समितिमा दर्ता भएका विभिन्न उजुरी, गुनासो र निवेदनहरूको अध्ययन तथा विश्लेषण गरी समाधानका उपाय सिफारिस गर्न ७ सदस्यीय अर्को उपसमिति गठन गरिएको छ। यस उपसमितिको संयोजकमा कमल सुवेदी रहेका छन्।

    उपसमितिका अन्य सदस्यहरूमा गजराज समीन मिकरानी, मोहम्मद इस्तियाक राई, युवराज दुलाल, भरतप्रसाद पराजुली, रेखाकुमारी यादव र सुरेन्द्र चौधरी रहेका छन्। यस उपसमितिलाई ६० दिनको समयावधि दिइएको छ भने यसअघिको उजुरी अध्ययन उपसमितिले गरेका कामहरूलाई समेत निरन्तरता दिने जिम्मेवारी सुम्पिएको छ।

    बैठकमा सभापति ढकालले उपसमितिका सदस्यहरूको छनोट दलीय आधारमा गरिएको र आवश्यकताअनुसार दलका नेताहरूसँगको समन्वयमा सदस्यहरू हेरफेर गर्न सकिने लचकता समेत व्यक्त गरे।

    यस्तै, आगामी बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आगामी कार्ययोजना र अन्य विविध विषयमा छलफल गरिने जानकारी दिँदै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ। 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend