Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त


५, भदौ २०८३
  • 72
    SHARES
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त

    काठमाडौं । नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई पुनः नियुक्त गरेको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

    उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त व्यक्ति हुन्। उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।

    कार्की यसअघि २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए। कोषको कार्यसम्पादन र वित्तीय क्षेत्रको अनुभवलाई आधार बनाएर सरकारले उनलाई पुनः नेतृत्वको जिम्मेवारी दिएको हो।

    कार्कीसँग नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेको अनुभव छ। त्यसबाहेक उनले नेपाल ग्रामीण विकास बैंक तथा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

    वित्तीय क्षेत्रको नियमन, मौद्रिक तथा वित्तीय नीति, वित्तीय स्थिरता र बजार विश्लेषणमा अनुभव हासिल गरेका कार्कीलाई नागरिक लगानी कोषको नेतृत्वका लागि अनुभवी व्यक्तिका रूपमा हेरिएको छ।

    शैक्षिक रूपमा कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।

    कार्कीले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता तथा वित्तीय बजार विश्लेषणलगायतका विषयमा विभिन्न अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।

    नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा उनको पुनः नियुक्तिसँगै कोषको लगानी व्यवस्थापन, वित्तीय अनुशासन र दीर्घकालीन रणनीतिमा उनको अनुभव उपयोग हुने अपेक्षा गरिएको छ। वित्तीय क्षेत्रको लामो अनुभव बोकेका कार्कीका लागि यसपटकको कार्यकाल भने कोषको बढ्दो दायित्व र लगानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने चुनौतीसँग जोडिएको छ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend