Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा केन्द्रीय समिति बैठक बस्दै : दस्तावेजदेखि संगठन र आगामी अभियानसम्म छलफल हुने


५, भदौ २०८३
  • 104
    SHARES
  • रास्वपा केन्द्रीय समिति बैठक बस्दै : दस्तावेजदेखि संगठन र आगामी अभियानसम्म छलफल हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक केहीबेरमा सुरु हुँदैछ। बैठकमा सहभागी हुन पार्टीका केन्द्रीय नेताहरू वनस्थलीस्थित घण्टी घरमा पुग्ने क्रम जारी छ।

    पार्टी सभापति रवि लामिछानेसहित विभिन्न नेताहरू भने बैठकस्थल घण्टी घर पुगिसकेका छन्। अन्य केन्द्रीय सदस्य तथा नेताहरू पनि बैठकमा सहभागी हुन आउने क्रम जारी रहेको बताइएको छ।

    रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार आजको बैठकमा पार्टीका महत्वपूर्ण दस्तावेजमाथि छलफल हुनेछ। त्यस्तै, संगठन व्यवस्थापन, विभिन्न पदमा मनोनयन तथा पार्टीको आगामी योजना र कार्यक्रमबारे पनि बैठकमा छलफल गर्ने कार्यसूची रहेको छ।

    बैठकमा पार्टीले सञ्चालन गर्ने आगामी अभियानका विषयमा समेत छलफल हुने बताइएको छ। संगठनलाई थप व्यवस्थित बनाउनेदेखि आगामी राजनीतिक गतिविधि र पार्टीका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित हुने देखिएको छ।

    पछिल्लो समय पार्टीको संगठन विस्तार, आन्तरिक व्यवस्थापन र आगामी राजनीतिक रणनीतिलाई लिएर रास्वपाभित्र छलफल तीव्र भइरहेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    विशेषगरी पार्टीका दस्तावेज, संगठनात्मक संरचना, मनोनयन र आगामी अभियानसम्बन्धी निर्णयले रास्वपाको आगामी राजनीतिक गतिविधिको दिशा तय गर्ने अपेक्षा गरिएको छ। बैठकबाट पार्टीको संगठन र कार्यक्रम सञ्चालनसम्बन्धी केही महत्वपूर्ण निर्णय आउन सक्ने नेताहरूले बताएका छन्।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend