Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन पोखरा आइपुगे, अस्ताममा बास बस्ने


५, भदौ २०८३
  • 111
    SHARES
  • मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन पोखरा आइपुगे, अस्ताममा बास बस्ने

    कास्की । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा आइपुगेका छन्। शुक्रबार बिहान काठमाडौंँबाट निजी भ्रमणका लागि निस्किएका प्रधानमन्त्री शाह मुस्ताङतर्फ जाने क्रममा आज दिउँसो स्थलमार्ग हुँदै पोखरा आइपुगेका हुन्।

    पोखरा आइपुगेपछि प्रधानमन्त्री शाह आज पोखरानजिकै रहेको अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्ने भएका छन्। प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङतर्फ गएको बताइएको छ। उनको पोखरा बसाइ तथा आगामी कार्यक्रमबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

    प्रधानमन्त्री शाहको टोलीले पोखरामा केही समय बिताएपछि मुस्ताङतर्फको यात्रा अघि बढाउने तयारी रहेको बताइएको छ। भ्रमण निजी भएकाले प्रधानमन्त्रीको भ्रमण तालिका र अन्य कार्यक्रमलाई औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

    यसअघि काठमाडौंँबाट मुस्ताङका लागि निस्किएका प्रधानमन्त्री शाह पोखरा पुगेपछि उनको यात्रा र बसाइलाई लिएर स्थानीय क्षेत्रमा समेत चासो देखिएको छ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend