Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्तपीडित


७, भदौ २०८३
  • 78
    SHARES
  • १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्तपीडित

    काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानवअधिकार आयोगको कार्यालय बाहिर लामो समयदेखि धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।

    नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो। सहमतिसँगै आन्दोलनरत ऋणीहरूलाई सरकारले सुरक्षित रूपमा घर फर्काउने व्यवस्था मिलाएको हो।

    आज बिहान सरकारले साझा यातायातका बसहरू व्यवस्था गरी विभिन्न जिल्लाबाट राजधानी आएका ऋणीहरूलाई उनीहरूको गन्तव्यतर्फ पठाएको थियो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको बताइएको छ।

    धर्नामा सहभागी ऋणीहरू झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायतका जिल्लाबाट काठमाडौं आएका थिए। सहमतिपछि उनीहरू आ–आफ्नो जिल्लातर्फ फर्किएका हुन्।

    लघुवित्त ऋणीहरूले लामो समयदेखि आफूहरूमाथि भएको आर्थिक तथा सामाजिक समस्या समाधान गर्नुपर्ने, ऋणसम्बन्धी समस्या सम्बोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका थिए।

    सरकार र ऋणी प्रतिनिधिबीच भएको १४ बुँदे सहमतिले आन्दोलनलाई तत्कालका लागि निकास दिए पनि सहमतिको प्रभावकारी कार्यान्वयन नै अबको मुख्य चुनौती बनेको छ। ऋणीहरूले सहमतिका बुँदा व्यवहारमै कार्यान्वयन हुने अपेक्षा गरेका छन्।

    यससँगै पुल्चोकस्थित मानवअधिकार आयोग कार्यालय बाहिर देखिँदै आएको लघुवित्त ऋणीहरूको धर्ना तत्कालका लागि अन्त्य भएको छ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend