Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डोल्पामा पहिलोपटक व्यावसायिक याक चिज उत्पादन हुँदै, किसानको उत्पादन डीडीसीले खरिद गर्ने


७, भदौ २०८३
  • 78
    SHARES
  • डोल्पामा पहिलोपटक व्यावसायिक याक चिज उत्पादन हुँदै, किसानको उत्पादन डीडीसीले खरिद गर्ने

    डोल्पा । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला डोल्पामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ। जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी) बीच चिज उद्योग सञ्चालनसम्बन्धी सम्झौता भएसँगै जिल्लामा चौरीपालनलाई व्यावसायिक आयआर्जनको माध्यम बनाउने नयाँ बाटो खुलेको हो।

    जगदुल्ला गाउँपालिका–४ स्थित भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग स्थापना गरिने भएको छ। उद्योग सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग तथा तालिम डीडीसीले उपलब्ध गराउनेछ।

    सम्झौताअनुसार उद्योगको सञ्चालन तथा नियमित उत्पादनको जिम्मेवारी गाउँपालिकाले लिनेछ। उत्पादन भएको याक चिज भने डीडीसीले खरिद गर्ने व्यवस्था मिलाइएको छ। यसले स्थानीय चौरीपालक किसानले उत्पादन गरेको दूध तथा चिजको बजार सुनिश्चित हुने अपेक्षा गरिएको छ।

    डोल्पाको हिमाली भूगोल र चिसो हावापानी चौरीपालनका लागि अनुकूल मानिन्छ। तर व्यावसायिक बजारको अभाव र उत्पादनलाई प्रशोधन गर्ने संरचना नहुँदा स्थानीय चौरीपालक किसानले अपेक्षित लाभ लिन सकेका थिएनन्। अब चिज उद्योग स्थापना भएपछि स्थानीय उत्पादनलाई प्रशोधन गरी बजारसम्म पुर्‍याउने आधार तयार हुने भएको छ।

    सम्झौताले केवल चिज उत्पादन सुरु गर्ने मात्र नभई स्थानीय चौरीपालन, रोजगारी र किसानको आयआर्जन बढाउने सम्भावना समेत बोकेको छ। उत्पादनको बजार डीडीसीले सुनिश्चित गर्ने भएपछि किसानहरूलाई व्यावसायिक चौरीपालनतर्फ आकर्षित गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

    स्थानीयस्तरमै उत्पादन, प्रशोधन र बजारको व्यवस्था हुन थालेपछि डोल्पाको चौरीपालन परम्परागत जीविकोपार्जनबाट विस्तारै व्यावसायिक कृषि–पशुपालनको मोडेलमा रूपान्तरण हुने अपेक्षा गरिएको छ।

    डोल्पामा सुरु हुन लागेको याक चिज उद्योगले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने मात्र होइन, हिमाली क्षेत्रका किसानका लागि आफ्नै भूगोल र स्रोतमा आधारित नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend