Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित, सांसदहरूको टोली भने चीन जाने तयारीमा


७, भदौ २०८३
  • 71
    SHARES
  • रवि लामिछानेको चीन भ्रमण फेरि स्थगित, सांसदहरूको टोली भने चीन जाने तयारीमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। यसअघि अगस्ट दोस्रो साताका लागि तय गरिएको भ्रमण करिब एक महिना पछि सारिए पनि अब सेप्टेम्बर दोस्रो सातामा समेत भ्रमण नहुने भएको स्रोतले जनाएको छ।

    उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमणको नयाँ मिति अहिलेसम्म तय भएको छैन। यसअघि भारत भ्रमणपछि चीन जाने तयारी भए पनि निर्धारित समयमा भ्रमण हुन नसकेपछि अहिलेका लागि उनको चीन भ्रमण अनिश्चित बनेको हो।

    तर लामिछानेको चीन भ्रमण पूर्ण रूपमा रद्द भने नभएको सरकारी स्रोतको भनाइ छ। दुवै पक्षलाई अनुकूल हुने समय तय भएपछि भविष्यमा नयाँ मिति घोषणा गरेर भ्रमण हुन सक्ने सम्भावना कायमै रहेको बताइएको छ।

    यसैबीच, लामिछानेको भ्रमण स्थगित भए पनि रास्वपाका सांसदहरूको टोली भने चीन जाने तयारीमा रहेको स्रोतले जनाएको छ। सांसदहरूको भ्रमणको विस्तृत कार्यक्रम भने सार्वजनिक भइसकेको छैन।

    वाग्ले भारत जाने तयारीमा

    रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा उनले भारतीय पक्षका उच्च तहका अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

    एकातिर पार्टी सभापति लामिछानेको चीन भ्रमण स्थगित हुनु र अर्कोतर्फ अर्थमन्त्री वाग्लेको भारत भ्रमणको तयारी हुनुलाई रास्वपाको पछिल्लो अन्तर्राष्ट्रिय राजनीतिक तथा कूटनीतिक सक्रियतासँग जोडेर हेरिएको छ।

    अब लामिछानेको चीन भ्रमणका लागि नयाँ मिति कहिले तय हुन्छ र रास्वपाका सांसदहरूको चीन भ्रमणले कस्तो राजनीतिक तथा कूटनीतिक सन्देश दिन्छ भन्ने विषयमा चासो बढेको छ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend