Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्री थपिए


८, भदौ २०८३
  • 87
    SHARES
  • लुम्बिनीमा मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्री थपिए

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्। एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गरिरहेका आचार्यले नेकपाबाट तीन मन्त्री थपेसँगै मन्त्रालयको जिम्मेवारीसमेत हेरफेर गरेका हुन्।

    मन्त्रिपरिषद् पुनर्गठनसँगै कृष्ण कुसुम थारूलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्रालय सम्हालिरहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    त्यस्तै, यसअघि स्वास्थ्य मन्त्री रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पठाइएको छ भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिपेन्द्रकुमार पुनलाई दिइएको छ।

    यसअघि सामाजिक विकास मन्त्रालय सम्हालिरहेका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    त्यस्तै, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी यथावत् राखिएको छ।

    कांग्रेस सरकारबाट बाहिरिएपछि मन्त्रालय थपघट

    नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री आचार्यले आफैँसँग राख्दै आएको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी इन्द्रजित थारूलाई दिइएको छ।

    मन्त्रिपरिषद् हेरफेरसम्बन्धी प्रदेश प्रमुखको कार्यालयका सचिव राजेश गौतमद्वारा हस्ताक्षरित पत्र प्रदेशसभा सचिवालयमा पठाइएको छ।

    मंगलबार नयाँ मन्त्रीको शपथ

    प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यको सिफारिसमा मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरिएको हो। नवनियुक्त मन्त्रीहरूलाई भदौ ९ गते मंगलबार दिउँसो ३ बजे शपथ गराउने तयारी गरिएको छ।

    सत्ता समीकरणमा आएको परिवर्तनसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रालयको जिम्मेवारीसमेत व्यापक रूपमा हेरफेर भएपछि प्रदेश सरकारको आगामी कार्यदिशाबारे चासो बढेको छ।

    image-153-533x768.png
    undefined

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend