Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दरबन्दी घटाउने सरकारको अभियानमै ‘ब्रेक’ : परराष्ट्र अडानले रोकियो ओएन्डएम


९, भदौ २०८३
  • 87
    SHARES
  • दरबन्दी घटाउने सरकारको अभियानमै ‘ब्रेक’ : परराष्ट्र अडानले रोकियो ओएन्डएम

    काठमाडौं । सरकारी संरचना र दरबन्दी पुनर्संरचनाको तयारी भइरहेका बेला परराष्ट्र मन्त्रालयको अडानका कारण संगठन तथा व्यवस्थापन (ओएन्डएम) प्रक्रिया टुंगिन सकेको छैन। परराष्ट्रले आफ्नो सेवातर्फको दरबन्दी यथावत् राख्न जोड दिएपछि प्रस्तावित कटौतीमा सहमति जुट्न कठिन भएको हो।

    बजेटमार्फत खारेजी घोषणा गरिएका विदेशस्थित नियोगका दरबन्दी अन्यत्र मिलान गर्नुपर्ने परराष्ट्रको प्रस्ताव छ। मन्त्रालयको प्रस्तावअनुसार दरबन्दी कायम गरिए परराष्ट्र सेवामा वास्तविक कटौती निकै न्यून हुने देखिएको छ।

    ओएन्डएममा संलग्न एक अधिकारीका अनुसार दरबन्दी कटौतीबारे परराष्ट्रसँग पटक–पटक छलफल भए पनि अहिलेसम्म ठोस निष्कर्ष निस्किएको छैन। यही विवादका कारण समग्र ओएन्डएम प्रक्रिया लम्बिएको अधिकारीको भनाइ छ।

    सरकारले दरबन्दी घटाउने लक्ष्यसहित ओएन्डएम अघि बढाए पनि संघीय मन्त्रालय र केही निकायको प्रक्रिया मात्र सम्पन्न भएको छ। सहसचिवसम्मका दरबन्दी रहेका कतिपय विभाग तथा कार्यालयको ओएन्डएम अझै बाँकी छ भने संवैधानिक निकायहरूमा प्रक्रिया सुरु हुन सकेको छैन।

    संघीय संरचनामा दरबन्दी कटौतीको तयारीसँगै प्रदेश तहमा पनि यसको प्रभाव परेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेशमा करिब एक दर्जन सहसचिवको दरबन्दी घट्न सक्ने अनुमान छ।

    तर दरबन्दी घटाउने निर्णयभन्दा ठूलो चुनौती अहिले कर्मचारी व्यवस्थापन बनेको छ। कटौतीमा परेका कर्मचारीलाई रिक्त पदमा मिलान गरिए पनि धेरै कर्मचारी ‘फाजिल’ मा परेका छन्। जिम्मेवारीविहीन कर्मचारीको संख्या बढ्दै जाँदा सरकारले संरचना घटाउने अभियानसँगै जनशक्ति व्यवस्थापनको कठिन परीक्षा पनि सामना गर्नुपर्ने देखिएको छ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend