Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो : अर्थमन्त्री डा. महत


३२, साउन २०८०
  • 160
    SHARES
  • एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो : अर्थमन्त्री  डा. महत

    धनुषा । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताउनुभएको छ । 

    आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने धारणा राख्नुभयो ।

    नेपाली कांग्रेसका प्रवक्ता डा.महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गर्नुभयो । 

    मन्त्री डा. महतले संसद्मा गतिरोध उत्पन्न गरिएका कारण संसद्मा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न नसकिएको बताउनुभयो । 

    मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी गराउनुभएको हो । 

    उहाँले भन्नुभयो, “आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपाली सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रुपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो । कांग्रेस प्रवक्ता डा.महत नेपाली कांग्रेस सिरहाको सम्मेलनमा सहभागी हुन बिहीबार यहाँ आउनुभएको हो ।” 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend