Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काठमाडौंमा राहत शिक्षकहरुको आन्दोलन जारी


११, असोज २०८०
  • 133
    SHARES
  • काठमाडौंमा राहत शिक्षकहरुको आन्दोलन जारी

    काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउदै राहत, बालबिकास लगाएतका शिक्षकहरुले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

    महासंघसंगको सहमतिमा आफुहरुको माग प्रति सरकारले कुनै सुनुवाई नगरेको भन्दै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, उमावि अनुदान शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारी तथा कार्यालय सहयोगीहरुले कालो पट्टी बाधेर प्रदर्शन गरेका हुन् ।

    उनीहरुले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका छन् । शिक्षकहरुको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात अस्तव्यस्त भएको छ । उनीहरुले विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गरेका छन् ।

    राहत शिक्षकले सत प्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरुले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तहशिक्षक सरह तलब हुनुपर्ने लगाएतका माग राखेका छन् । 

  • अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend