Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वर्तमान सरकार इतिहासकै असफल बन्यो : अध्यक्ष ओली


१६, असोज २०८०
  • 144
    SHARES
  • वर्तमान सरकार इतिहासकै असफल बन्यो : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको बताउनुभएको छ । 

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर संकट भएको र इतिहासकै असफल सरकार भएको बताउनुभएको हो । वर्तमान सरकारले आफ्नो स्वार्थका लागि पटक पटक संविधान मिच्ने काम गरेको उहाँले आरोप लगाउनुभयो । 

    ओलीले सरकारले संसदलाई समेत आफ्नो स्वार्थमा चलाउन खोजिरहेको तर्क गर्नुभयो । उहाँले संविधान दिवसका अपराधिहरुलाई आममाफी दिएकोप्रति पनि आपत्ती जनाउनुभयो । सरकारले राष्ट्रपतिलाई सेरेमोनियल नभई खोपीको देउता बनाएको र आदेश पालना गर्ने परिपालक राष्ट्रपति बनाएको धारणा राख्नुभयो ।

    अध्यक्ष ओलीले सरकारको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको जिकिर गर्नुभयो । उहाँले निकै चर्कोसँग खोलिएको ललिता निवासको फाइल बन्द गर्न सरकारलाई पसिना आएको टिप्पणी गर्नुभयो ।

    सुन काण्डले पनि सरकारलाई हैरान पारेको भन्दै उहाँले प्रतिपक्षीलाई तर्साउनका लागि बिभिन्न प्रकरण ल्याएको बताउनुभयो । त्यस्तै सम्बोधनका क्रममा ओलीले आफु प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई टुङ्गो लगाउन खोज्दा माओवादीले नै रोकेको आरोप लगाउनुभयो ।

    हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर नरहेको भन्दै उहाँले अगामी मन्त्रिपरिषद्को बैठकले यसलाई फिर्ता लिन माग गर्नुभयो । ओलीले न्यायालयमाथि पनि गठबन्धनले हस्तक्षेप गरेको जिकिर गर्नुभयो ।

    ओलीले जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको भन्दै सरकारबाट आशा गर्न लायक ठाँउ नै नरहेको बताउनुभयो । 

    त्यस्तै ओलीले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला प्रधानमन्त्रीले अनावश्यक रुपमा भ्रमण लम्बाएको बताउनुभयो । सरकारको गलत नीतिका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको र बिकास र समृद्धिमा समेत बाधा पुगेको उहाँको भनाइ छ ।

     

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend