Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुन अध्यक्ष ओलीको आग्रह


१७, असोज २०८०
  • 133
    SHARES
  • जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुन अध्यक्ष ओलीको आग्रह

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वको निहित स्वार्थमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताउनुभएको छ  ।

    बुधवार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राख्नुभयो । उहाँले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताउनुभयो ।

    उहाँले कुनै पनि धर्म प्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने बताउनुभयो । अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसदको दुई तिहाई मत चाहिने समेत स्पष्ट पार्नुभयो ।

    उहाँले विद्वैष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने बताउनुभयो । अध्यक्ष ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महंगी र मुल्यवृद्धि हुदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गर्नुभयो ।

    केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले

    त्यस्तै अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधी निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै यसका लागि राजनैतिक दलहरु संवेदनशिल हुनुपर्ने बताउनुभयो । उहाँले दलहरु मिल्नुको विकल्प नभएकाले मध्यावदी वाटो जान नहुने बताउदै यदि निर्वाचन भइहाले एमाललेले बहुमत ल्याउनेमा ढुक्क रहेको बताउनुभयो ।  

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend