Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नयाँ भनिएका पार्टीहरुले देश हाँक्न सक्दैन : अध्यक्ष ओली


१८, असोज २०८०
  • 174
    SHARES
  • नयाँ भनिएका पार्टीहरुले देश हाँक्न सक्दैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरुले देश हाक्न नसक्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा बाराका नेता शिवचन्द्र कुशवाहलाई एमाले प्रवेश गराउदै ओलीले नयाँ भनिएका पार्टीहरुसंग देशलाई हाक्न सक्ने कुनै सोच र योजना नरहेको बताउनुभएको हो । 

    उहाँले नयाँ पार्टीहरुसंग सहि ढंगले उम्मेदवार चयन गर्न सक्ने क्षमता समेत नरहेको टिप्पणी गर्नुभयो । त्यस्तै पुराना भन्ने पार्टीहरुले पनि केहि गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले कांग्रेस पार्टी थोत्रो भएको र ८७ सीट हुँदा पनि ३२ सिटको पछाडी हिडेको तर्क गर्नुभयो ।

    अध्यक्ष ओलीले कांग्रेसको पछाडी लाग्ने भनाई माधव नेपाललाई सुहाएपनि कांग्रेसलाई भने माओवादीको पछाडी हिड्न नसुहाउने धारणा राख्नुभयो । अध्यक्ष नेपालले माओवादीका नेता कार्यकर्ताहरुले पनि आफुसंगको भेटमा पिडा पोख्ने गरेको बताउनुभयो ।

    माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा सप्रे पनि तमाम माओवादी कार्यकर्ता तड्पीन बाध्य भएको उहाँको छ । उहाँले गरिवी निवारण गर्न सक्ने , सामाजिक समानता कायम गर्न सक्ने पार्टी एमाले बाहेक अरु कुनै नरहेको दावी गर्नुभयो । एमालेको सुखी नेपाली समृद्ध नेपाललाई अन्य दलले बोल्न पनि नसकेको उहाले बताउनुभयो । 

    त्यस्तै एमाले प्रवेश गर्दै कुशवाहले सहित कार्यदिशा र कार्यनीति नभएका कारण जनयुद्ध लडेका माओवादीहरु, एमालेबाट गएका माओवादीहरु एमालेतर्फ फर्कन थालेको बताउनुभयो ।

    उहाँले पाको पार्टी एमालेलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । एमालेबाटै समृद्धिको सपना साकार हुने उहाँको भनाइ छ ।माओवादी केन्द्र छाडेर जनमत पार्टीमा पुगेका कुशवाह बारा २ मा उम्मेदवार बन्नुभएको थियो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend