Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ती : अध्यक्ष लिङ्देन


१९, असोज २०८०
  • 175
    SHARES
  • राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ती : अध्यक्ष लिङ्देन

    काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ती जनाउनुभएको छ ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उहाँले राजावादीहरु धार्मिक सदभाव बिथोल्न थालेकाले निगरानी गर्नुपर्ने धारणा केहि सांसदहरुले राखेको भन्दै आपत्ती जनाउनुभएको हो । उहाँले कुन लोकतन्त्र विरोधी गतिविधिमा राजावादी संलग्न भएको हो भन्ने प्रष्ट पार्न आग्रह गर्नुभयो । 

    लिङ्देनले जघन्य हत्याका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटार जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहिँ लोकतान्त्रिक हो भन्दै प्रश्न समेत गर्नुभयोे । 

    सम्बोधनका क्रममा लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ती जनाउनुभयो ।

    उहाँले नेपालको संविधानले राजा नचिन्ने भन्दै राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्नुभयो । यसअघि बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहलाई राजा भनेर सम्बोधन गर्नुभएको थियो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend