Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता : परराष्ट्रमन्त्री साउद


२०, असोज २०८०
  • 248
    SHARES
  • प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता : परराष्ट्रमन्त्री साउद

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताउनुभएको छ । चावहिल स्थित जिपी कोईराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उहाँले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यकता रहेको बताउनुभयो ।

    हाल धेरै सामुदायिक क्याम्पस भए पनि जिपी कोइराला कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट बनेकामा मन्त्री साउदले क्याम्पस परिवार तथा विद्यार्थीलाई बधाई दिनुभयो । कलेजको स्थापना गर्नुमात्र ठूलो कुरा नभएर गुणस्तरीय शिक्षा प्रदान गर्नु महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

    मन्त्री साउदले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि देशको शैक्षिक स्थिति र विद्यार्थीका धेरै कुरा बुझेको बताउँदै राम्रो नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका उत्तिकै महत्वपूर्ण हुने जनाउनुभयो । गुणस्तरीय शिक्षा भएन भने जीवनमा सुख पाउन नसकिने भन्दै उहाँले सबै कलेज तथा विद्यालयले समाज र देशलाई योगदान पुर्‍याउने खालको प्रभावकारी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

    बागमती प्रदेशसभा सदस्य मीना पराजुलीले कलेजले विद्यार्थीको आवश्यक्ताअनुसार पढाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यक्ता हेरेर पढ्न सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । आजको आधुनिक युगमा प्रविधिमैत्री शिक्षा प्रदान गर्न सके थप प्रभावकारी र उपलब्धिमूलक हुने उहाँको भनाइ थियो ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालय २०७९ मा सामुदायिक क्याम्पसहरु मध्येबाट विएसएसडब्लुतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल दिया थापा मगरलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न साङ्गीतिक कोसेली प्रस्तुत गरिएको थियो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend