Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संघीय लोकतान्त्रीक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको छ : प्रधानमन्त्री दाहाल


२०, असोज २०८०
  • 138
    SHARES
  • संघीय लोकतान्त्रीक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रीक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा स्थानीय सरकार अपेक्षा र अवस्था नामक पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार घरगाँउमा पुराउने उदेश्यका साथ संघीय लोकतान्त्रीक व्यवस्था आएपनि त्यसमा प्रश्न उठाउने प्रयत्न भइरहेको बताउनुभएको हो । स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी रहेको उहाँको भनाइ छ । 

    राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रीक व्यवस्था बलियो हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले संघीयता सम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रुपमा कार्यान्व्यन हुन नसक्दा बिभिन्न आशंका पैदा हुने अवस्था आएको जिकिर गर्नुभयो । 

    लामो संघर्षपछि प्राप्त उपलब्धीलाई जनताको हितमा इमान्दारीका साथ लागू गरेको छ कि छैन भनेर समिक्षा गर्ने बेला आएको उहाँले बताउनुभयो । उहाँले जनतामा सकारात्मक परिवर्तनको महशुस नहुँदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने धारणा राख्नुभयो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend