Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा पदबाट राजीनामा


२०, असोज २०८०
  • 156
    SHARES
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा पदबाट राजीनामा

    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिनुभएको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

    कार्कीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको बैठकमा राजीनामा दिने घोषणा गरेपछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगीत गरिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) लाई टेकेर कार्की मुख्यमन्त्री बन्नुभएको थियो । 

    संविधानअनुसार ३० दिनभित्र विश्वासको मत दिनुपर्ने बाध्यता अनुसार शनिबार विश्वासको मत नआउने भएपछि उहाँले राजीनामा दिनुभएको हो । बैठकमा राजीनामाको घोषणा गर्दै कार्कीले प्रदेशलाई मध्यावधीमा जान नदिन एमाले जस्तोसुकै त्याग गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । 

    त्यसअघि शनिबार नै बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो । कार्कीको राजीनामासंगै संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुल्ला भएको छ । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend