Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री दाहाल


२१, असोज २०८०
  • 129
    SHARES
  • बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । 

    आइतबार काठमाडौंमा आयोजना गरिएको बिआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल” बिषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बिआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएपनि यसमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको हो ।

    कार्यान्वयन योग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उहाँले बताउनुभयो ।

    कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहहरुका कारण बिआरआई परियोजनामा ढिलाई भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहेको जिकिर गर्नुभयो । 

    उहाँले चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले आफ्नो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गर्नुभयो ।

    त्यस्तै उहाँले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको र वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहने स्पष्ट पार्नुभयो । 

    कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चेन सङले बिआरआईमा आधारित परियोजनालाई नेपालको बिभिन्न क्षेत्रमा सफल कार्यान्वयनका लागि चीनले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    स्थानीय बिकासका लागि बिआरआई निकै महत्वपूर्ण देखिएको उहाँको भनाइ छ । बिआरआईका बारेमा जनतालाई सहि सूचना दिएर यसलाई नेपाल सरकारले अघि बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले बिभिन्न क्षेत्रमा आर्थिक लगाएतका क्षेत्रको बिकासका लागि चीनको सदैव सकारात्मक सहयोग निरन्तर हुने जिकिर गर्नुभयो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend