Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त


२२, असोज २०८०
  • 128
    SHARES
  • इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त

    काठमाडौँ । पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    उहाँले आज एक विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषय अध्ययन गर्न गएका विद्यार्थी आतङ्ककारीको हिंसात्मक आक्रमणमा परी दुःखद् मृत्यु भएको समाचारले आफू स्तब्ध भएको भन्दै निधन भएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जलि र उनीहरुका परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

    सो घटनामा डोटीका राजन फुलारा र पदम थापासहित अधिकांश सुदूरपश्चिमका गरी १० जनाको निधन भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । साथै एकजना सम्पर्कविहीन हुनुका साथै अरु चार जना घाइते भई उपचाररात रहेका छन् ।

    सांसद आलेले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्तिका साथै इजरायलमा सम्पर्कविहीन रहेकाको खोजी गर्न, त्यहाँ रहेका थप विद्यार्थी एवं सबै नेपालीको आवश्यक सुरक्षाको प्रबन्ध गर्न र नेपाल फर्किन चाहनेलाई सुरक्षितरुपमा स्वदेश फर्काउने व्यवस्था गर्न नेपाल सरकारसमक्ष आग्रह गर्नुभएको छ ।  

    दक्षिणी इजरायलको किबुज भन्ने स्थानमा गत शनिबार त्यहाँको आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी नेपाली विद्यार्थीसहित सयौँ इजरायलीको ज्यान गएको छ । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend