Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेको मधेश प्रदेश नेतृत्वका लागि चार आकांक्षी


२५, असोज २०८०
  • 146
    SHARES
  • एमालेको मधेश प्रदेश नेतृत्वका लागि चार आकांक्षी

    धनुषा । नेकपा (एमाले) को प्रथम मधेश प्रदेश अधिवेशन बुधबारदेखि जनकपुरधाममा सुरु भएको छ । उक्त प्रदेशमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाउनुभएको छ ।

    वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएकाले उहाँ अध्यक्षमा दोहोरिन नपाउने पार्टीको निर्णयअनुसार अन्य नेता प्रतिस्पर्धामा उत्रिएका हुन् । उद्घाटनसत्र पश्चात् बन्द सत्रमा प्रदेशको नेतृत्व सर्वसहमत चयन गर्ने प्रयास भइरहेको पार्टीका केन्द्रीय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।

    त्यसैगरी सचिवका लागि सोमप्रसाद शर्मा, लक्ष्मीनारायण यादव र आरती भण्डारी आकांक्षी हुनुहुन्छ । प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माका अनुसार गएराति अबेरसम्म सहमतिमा नै नेतृत्व चयन गर्न छलफल भएको र अहिले बिहान पुनः ७ बजेदेखि छलफल भइरहेको छ । 

    उहाँले छलफलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, मधेश इन्चार्ज योगेश भटृराई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतोलगायत पोलिटब्यूरो सदस्य छलफलमा सहभागी हुनुभएको बताउनुभयो । प्रचार विभाग प्रमुख शर्माले अन्तिम समयसम्म सहमतिकै लागि पहल हुने बताउनुभयो ।

    सचिव भट्टराईले मधेस प्रदेशको नेतृत्वका लागि चार नेता अकांक्षी देखिए पनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा भइरहेको र पार्टीमा तलदेखि माथिसम्म सबै एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ सर्वसम्मत गराउने प्रयास भइरहेको उहाँले बताउनुभयो । सचिव भटृराईले सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन हुने जानकारी दिनुभयो । 

    जनकपुरधाम तिरुहतिया गाछीस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्र भवनमा भइरहेको प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ३५ जना निर्वाचित हुने छन् । प्रदेश कमिटिमा एक तिहाइ महिला अनिवार्य गरिएकामा दलित, महिला, मुस्लिम, मजदुर, जनजाती र खुल्ला भूगोलबाट प्रतिनिधित्व गरिने भएकोे छ ।

    उत्त प्रदेशको आठ जिल्लामा चार÷चारवटा निर्वाचन क्षेत्रबाट २० सदस्य र सङ्गठनको आधारमा पाँचदेखि १० जना थप गरी अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ । उक्त अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार शुभारम्भ गर्नुभएको थियो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend