Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार


२६, असोज २०८०
  • 166
    SHARES
  • गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

    काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ ।

    स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै आएको एनआरएनले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ ।

    एनआरएनएको महाधिवेशन उद्घाटन राष्ट्रपतिबाट यही असोज ३० गते बिहान हुने तय भएको छ । सोही दिन अपराह्नदेखि कात्तिक १ गतेसम्म विश्व ज्ञान सम्मेलन हुने एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

    सोही अवधिमा महिला र युवा विषयक सत्र पनि सञ्चालन हुने तय भएको छ । कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ । मतदानपछि समापन समारोह कात्तिक ३ गते साँझ प्रधानमन्त्रीले गर्नुहुने भएको छ ।
      
    एनआरएनएले पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको छ । मतदान गर्न ‘फेसियल भेरिफिकेशन’ एप प्रयोग गरिने भएको छ । मतदान हुनु २४ घण्टाअघि सबै मतदातालाई यो एपको लिङ्क पठाइने छ । लिङ्क खोलिसकेपछि अनुहार देखाएर त्यस एपले अनुमति दिएपछि मात्र मतदान गर्न पाइने व्यवस्था गरिएको छ ।

    महाधिवेशनको तयारीका लागि यसअघि ५९ राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन सम्पन्न भइसकेको थियो । उक्त निर्वाचनबाट महाधिवेशनका लागि जम्मा चार हजार दुई सय २७ अन्तर्राष्ट्रिय प्रतिनिधि निर्वाचित भइसकेका छन् । 

    अनलाइन मतदान हुने भएकाले मतदाताले मतदान गर्नैका लागि महाधिवेशनस्थल नेपालमा आउनु पर्दैन तर उम्मेदवारले उम्मेदवारी दिन र उम्मेदवारका प्रस्तावक र समर्थकले भने सनाखतका लागि महाधिवेशनस्थल नेपाल अनिवार्य आउनुपर्ने छ । 

    नेपाल आउने उम्मेदवार तथा अन्य मतदाताका लागि महाधिवेशनस्थलको निश्चित स्थानमा राखिएका कम्प्युटरमार्फत मतदान गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उम्मेदवार र अन्य मतदाता गरी एक हजार पाँच सय हाराहारीले महाधिवेशनस्थलबाट मतदान गर्ने अनुमान गरिएको छ ।

    सन् २००३ अक्टोबर ११ मा स्थापना भएको एनआरएनमा हालसम्म उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरी आठ जना अध्यक्ष भइसक्नुभएको छ ।

    एनआरएनको दसौँ महाधिवेशनको निर्वाचनमा विवाद भएपछि तीनजना अध्यक्ष रहने गरी सहमति गरिएको थियो । हालको समितिमा तीन अध्यक्ष कुल आचार्य, रविना थापा र बद्री केसीले छ–छ महिना कार्यकारी अध्यक्ष हुने गरी सहमति गर्नुभएको थियो ।

    अध्यक्षमा पाँच जनाको उम्मेदवारी घोषणा  

    एनआरएनएको यस महाविधेशनमा हालसम्म अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा एवं उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

    एनआरएनए सचिवालयले महाधिवेशनको तयारीका लागि हालसम्म अन्तिम नामावली तयार गर्ने, कार्यक्रमस्थल र निर्वाचनतालिका सार्वजनिक गर्ने, निमन्त्रणा, मतदातालाई बास बस्नेलगायत तयारी गरिसकेको सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिनुभयो ।

    महाधिवशेनका लागि अधिवक्ता यादव ढुङ्गानाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । बिहीबारदेखि उम्मेदवार दर्ता गर्न समय तोकिएको र उम्मेदवारी अनलाइनबाट पनि दिन मिल्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

    एक उम्मेदवारले दुई प्रस्तावक र दुई समर्थकसहित उम्मेदवारी दिनुपर्छ । उम्मेदवारी दिने अवधि असोज २७ गतेसम्म तोकिएको छ । असोज २९ गतेसम्म उम्मेदवारले प्रस्तावक र समर्थकसहितको सनाखत महाधिवेशनस्थलमै उपस्थित भएर गरिसक्नुपर्ने निर्वाचन तालिका छ ।
      
    महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछन् । सन् २००३ अगष्टमा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीहरूको एक भेलामा व्यापक छलफल भई सोही वर्षको ११ अक्टोवरमा काठमाडौँमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए स्थापना गरिएको हो ।

    गैरआवासीय नेपाली सङ्घ, गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६६ अनुसार विधिवतरूपमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो ।

    नेपालीका लागि नेपाली भन्ने मूलमन्त्र बोकेर आफ्नो स्थापनाको दुई दशक पूरा गरेको यस संस्थाले विश्वभरका करिब एक लाख नेपालीलाई सङ्गठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । 

    सार्क राष्ट्रबाहेकका अन्य देशमा राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी अन्तर्राष्ट्रियस्तरमा नै स्थापित, सङ्गठित र परिचालित हुनसक्ने नेपाली मूलको गैरसरकारी अन्तर्राष्ट्रिय सञ्जालको रूपमा आफुलाई विकसित गर्नसक्नु यस संस्थाको उपलब्धि हो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend