Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज कोशीमा सांसदको हस्ताक्षर सनाखत गरिँदै


२७, असोज २०८०
  • 157
    SHARES
  • आज कोशीमा सांसदको हस्ताक्षर सनाखत गरिँदै

    काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले आज सांसदहरूको सनाखत गराउने भएको छ ।

    प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरेर आज बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको छ ।

    प्रवक्ता नरेन्द्र कुमार कार्की द्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री पदको दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री पदमा नियुक्ति गरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ (५) बमोजिम आह्वान गरेको समयभित्र प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७/४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय भएको छ ।’

    सरकार गठन गर्न कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सकिएलगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी गरेका सक्तारुढ कांग्रेस संस्थापन इतर पक्षका सांसद केदार कार्कीसहित ४७ जना सांसदले उनलाई नियुक्ति गर्न दाबी गरेका हुन् ।

    नेकपा एमालेका ३९ जना र नेपाली कांग्रेसका आठ जना सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त गर्न कार्कीले दाबी प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

    शुक्रबार दिउँसो नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेता केदार कार्की र उनका समर्थनमा हस्ताक्षर गर्ने सात जना सांसदलाई हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

    यता हिजो साँझ केन्द्रमा बसेको सत्तारुढ गठबन्धनको बैठकले भने प्रदेशमा एमालेसँग मिलेर सरकार बनाउने विषय मान्य नहुने निर्णय गरेको छ । नेकपा माओवादीले प्रदेशको नेतृत्वको लागि अघि सारेको सदस्यलाई ब्याक गरेर कोशीमा कांग्रेसलाई नेतृत्व दिनेमा सहमति जनाएको छ । तर, कांग्रेसभित्रको संस्थापन पक्ष र इतरबीचको असमझदारीले कोशीको राजनीति झन् जटिल बन्दै गएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend