Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा


२८, असोज २०८०
  • 131
    SHARES
  • नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा

    कर्णाली । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताउनुभएको छ ।

    सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिनुभएको हो ।

    मुख्यमन्त्री शर्माले भन्नुभयो, “संविधानको प्रास्तवनामै समाजवादोन्मुख व्यवस्था भनिएको छ र हामी कांग्रेस, कम्युनिष्ट सबैले समाजवाद भनिरहेका छौँ । कस्तो समाजवाद हामीले चाहेका हौँ, त्यसको बहस गर्न जरुरी छ ।” त्यो बहसबाट अहिलेको सामाजिक अन्तर्विरोधलाई समाधान गर्न सकिने भन्दै उहाँले आर्थिक सम्पन्ता र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । 

    मुख्यमन्त्री शर्माले भन्नुभयो,“जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्तासँगै सुख र सामाजिक न्यायसँगै खुसी जोडिएको छ । प्रदेश सरकारले आर्थिक सम्पन्ताका लागि रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”  

    समाजवादी मोर्चा गठन

    नेकपा (माओवादी केन्द्र)का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । उक्त मोर्चाको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट टोपबहादुर दर्लामी, नेकपा (एकीकृत समाजवादी)बाट टोपबहादुर रास्कोटी, खड्क केसी, नेकपाका जीत सी, योजना सी र जसपाका तर्फबाट दीप नेपाली र गङ्गा देवकोटा सदस्य रहनुभएको छ ।

    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का जिल्ला सह–इञ्चार्ज कुलदीप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीबीच एकता जरुरी रहकाले  त्यसका लागि मोर्चा गठन गरिएको बताउनुभयो । नेकपाका नेता भरत सीले सुशासन, शान्ति र समृद्धिका लागि समाजवाद अपरिहार्य भएको धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र नागरिक अधिकारको सुरक्षार्थ एक हुनाको विकल्प नरहेकामा जोड दिनुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend