Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ : मन्त्री खड्का


२९, असोज २०८०
  • 131
    SHARES
  • राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ : मन्त्री खड्का

    काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको बताउनुभयो । 

    नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वन्तत्रामा चुनौती’ विषयक कार्यक्रममा उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रर्वधन गर्न संवैधानिक र कानुनी प्रबन्ध गरिएको बताउनभुयो । 

    “नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख हुनु र मौलिक हकअन्तर्गत सञ्चार र सूचनाको हकलाई प्राथमिकता साथ व्यवस्था गरिनुले राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ भन्ने स्पष्ट हुन्छ, यी हक अधिकारको सही, सन्तुलित, निष्पक्ष र जिम्मेवारीपूर्ण प्रयोगमा हामी सबै प्रतिबद्ध हुनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । 

    उहाँले संविधानमा उल्लिखित पूर्ण प्रेस स्वतन्त्रताको अवधारणालाई प्रभावकारी तवरमा व्यवहारमा उतार्न आवश्यक कानुनी र राजनीतिक वातावरण निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर भइरहेका सूचना प्रवाहले उपभोक्तालाई समेत सही सूचना पाउन वञ्चित गरेको यथार्थ नकार्न नमिल्ने जनाउँदै उहाँले सरकारले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै इन्टरनेट प्लेटफर्मलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जीवन उपयोगी बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो । 

    “संविधानले निर्दिष्ट गरेको नागरिकका अधिकार सही रूपमा सदुपयोग होस् भन्नेमा सरकार सदैव सचेत र सजग छ, यसका लागि सरकारले नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला संस्थासँग समन्वय र परामर्श गरेर आवश्यकताअनुसार नीति र कानुन निर्माण तथा परिमार्जन गर्ने विश्वास दिलाउन चाहन्छु”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

    लोकतन्त्र रहेमात्र प्रेस स्वतन्त्रता रहने उल्लेख गर्दै उहाँले इन्टरनेटको विस्तारका लागि पनि हरेक देशमा लोकतान्त्रिक वातावरण आवश्यक रहेको बताउनुभयो । “लोकतन्त्र नभएको मुलुकमा न प्रेस स्वतन्त्रता हुन्छ, न इन्टरनेटको विकासले गति लिन सक्छ ।

    नेपाल इन्टरनेटले प्रदान गरेका अवसर उपभोग गर्नमात्र होइन, इन्टरनेटलाई जनजीवनसँग जोड्ने उदार मुलुकमा पर्दछ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार यो नीतिबाट दायाँबायाँ हुँदैन । 

    सरकार सूचना–प्रविधिलाई विकास, आर्थिक रूपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन, योजना बनाउँदै अघि बढ्छ ।”

    राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष तपबहादुर मगरले इन्टरनेटको प्रयोगले दैनिकी सहज भए पनि सीमाविहीन प्रयोगले चुनौती थपेको बताउनुभयो । उहाँले मिथ्या, गलत तथा भ्रमपूर्ण सूचनाले सामाजिक, धार्मिक द्वन्द्व निम्त्याएको उल्लेख गर्दै उहाँले सही र गलत सूचना छुट्याउन नसक्दा समाजमा ठूलो भ्रम पर्ने गरेको उल्लेख गर्नुभयो । 

    “मिथ्या सूचनाले नागरिकको सही सूचना पाउने अधिकारको उल्लङ्घन गरेको छ, भ्रमपूर्ण सूचना रोक्न सबैको ध्यान जानुपर्छ”, अध्यक्ष मगरले भन्नुभयो, “मिथ्या र भ्रामक सूचनाबाट सूचनाको प्रयोगकर्ता मात्र नभई सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेका छन् ।”

    नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले पत्रकारले राजनीतिक तथा सामाजिक क्षेत्रमा आलोचनात्मक ढङ्गबाट कलम चलाउनुपर्नेमा जोड दिँदै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सञ्चारमाध्यम क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले विकृति–विसङ्गतिविरुद्ध पत्रकारले सशक्त आवाज उठाउनुपर्ने बताउनुभयो ।

    नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सङ्कटका बेला मिथ्या सूचनाको प्रवाह बढ्ने गरेको उल्लेख गर्दै सही सूचना के हो भन्नेमा सबै जानकार हुनुपर्ने बताउनुभयो । उहाँले नागरिक समाज, सञ्चारमाध्यम तथा सीमान्तकृत समुदायका नागरिकलाई मिथ्या सूचनाका सम्बन्धमा सचेत गराउन दूतावासले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend