Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नयाँ पुस्ताका नयाँ चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन आवश्यक : सभापति लामिछाने


३०, असोज २०८०
  • 141
    SHARES
  • नयाँ पुस्ताका नयाँ चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन आवश्यक : सभापति लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पुस्ताका नयाँ चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन भएको बताउनुभएको छ । 

    मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको दुई दिने नीति मन्थन कार्यक्रमको समापन समारोहमा बोल्दै लामिछानेले पुराना दलहरुबाट युवापुस्ताहरुले गरेको आशा भरोसा कायम गर्न नसक्ने देखिएकाले नयाँ पुस्ताका नयाँ चाहना र चूनौतिलाई सामना गर्न पार्टी गठन भएको बताउनुभएको हो ।

    उहाँले ढिलो दर्ता भएका आधारमा पार्टीलाई नयाँ भनेको नभई युगले खोजेको नयाँ पार्टी भएकाले नयाँ पार्टी भनेको जिकिर गर्नुभयो । गत निर्वाचनमा जनताहरुले परिवर्तनको चाहना राख्दा पनि पुराना दलहरुप्रतिको विश्वासलाई निमिट्यान्न नपारेको अवस्था रास्वपालाई अवगत रहेको भन्दै उहाँले जनताको चेतनालाई चूनौति दिन हैसियत नभएको धारणा राख्नुभयो । जनताको चेतनालाई चूनौति नदिन उहाँले अन्य दललाई पनि अनुरोध गर्नुभयो ।

    लामिछानले सामाजिक, आर्थिक लगायतका आयामहरु एकै ठाउ नआएसम्म समृद्ध समाज निर्माण हुन नसक्ने धारणा राख्नुभयो । रास्वपा समावेशी उदार लोकतान्त्रीक पार्टी भएकाले आफ्नो नीति र सिद्धान्तमा स्पष्ट रहेको उहाँको भनाइ छ । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend