Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

(एनआरएनए) लाई तीन महिनाभित्रै एकताबद्ध गराउँछुः महेश श्रेष्ठ


१, कात्तिक २०८०
  • 147
    SHARES
  • (एनआरएनए) लाई तीन महिनाभित्रै एकताबद्ध गराउँछुः महेश श्रेष्ठ

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र सांगठनिक रुपमा एकतावद्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    काठमाडौँमा पत्रकार सम्मेलन गरी अध्यक्षका उम्मेदवार श्रेष्ठले १० औं महाधिवेशनका दौरान गैरआवासीय नेपाली संघमा देखिएको विवाद समाधान गरी दुवै धारलाई एकतावद्ध बनाउने बताउनुभएको हो ।

    श्रेष्ठले विश्वभरका गैरआवासीय नेपालीलाई मिलाउने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताउनुभयो। ‘१० औं महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ । केही साथीहरू असन्तुष्ट भएर बेग्लै अधिवेशन पनि गर्नुभयो । तर, म तीन महिनाभित्र असन्तुष्ट साथीलाई एकताबद्ध गराएर इतिहास बनाउन चाहन्छु,’ उहाँले भन्नुभयो ।

    श्रेष्ठले यसअघि पनि एनआरएनएलाई पटक–पटक वैधानिक रुपमै विभाजित गर्ने प्रयासलाई आफूले रोकेको बताउँदै दुई वर्षभित्र परिणामुखी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले असन्तुष्ट समूहका अभियन्तासँग निरन्तर संवाद भइरहेको बताउनुभयो। ‘म विजयी भएर शपथ गरेको दिनदेखि एक्सनमा काम गर्नेछु, संघमा रहेका सबै पदाधिकारीलाई जिम्मेवारी छुट्याएर परिणाम दिलाउनेछु,’ उहाँले भन्नुभयो ।

    अध्यक्षको उम्मेदवार श्रेष्ठले नेपालको समुन्नतीका लागि लगानी भित्र्याउने सवालमा र एनआरएनएलाई बलियो बनाउनका लागि पाँच बुँदे एजेन्डा अघि सारेको बताउनुभयो। उहाँले सरकारसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउन पहल गर्ने अठोट व्यक्त गर्नुभयो।

    विदेशमा रहेका नेपाली श्रमिक, लगानीकर्ता साथै सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई धेरै नीतिगत र कानूनी समस्याहरु रहेकाले त्यसलाई सुल्झाउन कटिबद्ध रहेको जनाउनुभयो । श्रेष्ठले आफूलाई समर्थन गर्ने उम्मेदवार समावेशी भएको दाबी गर्नुभयो।

    महासचिव पदका उम्मेदवार बुद्धिसागर सुवेदीले एनआरएनएलाई एकतावद्ध, परिणाममुखी र पारदर्शी रुपले अघि बढाउन अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले ‘मेरो र हाम्रो होइन राम्रोलाई सहयोग गर्न’ अनुरोध गर्नुभयो।

    पत्रकार सम्मेलनमा उपाध्यक्षका उम्मेदवारहरू डा. केशव पौडेल, सुनिल साह, राजु रेग्मी राज, नारायण आचार्य, रोविन शेरचन, रोजिना प्रधान राई, गंगाधर गौतमसहित एआरएनए अभियन्ताहरूले एनआरएनएमा समग्र रुपान्तरणको पक्षमा काम गर्न ‘टिम महेश’ले जित्नुपर्ने बताउनुभयो ।

    त्यसैगरी, उपमहासचिव पदका उम्मेदवार सोम सापकोटा, प्रविन गुरुङ, सचिव पदका उम्मेदवार दयानिधि सापकोटा, मनोज श्रेष्ठ गोर्खाली, भीम केसी कमल, कृष्णजीवी पन्त, स्वतन्त्रप्रताप शाह, केपी सिटौला, विमला सापकोटालगायतले नवीन रुपान्तरणको पक्षमा आफ्नो टिम रहेको बताउनुभयो।

    कोषाध्यक्षका उम्मेदवार ठाकुर ढुंगाना, सहकोषाध्यक्षका उम्मेदवार तिलक गैरे, कृष्ण तिमल्सिना, मोहम्मद मुक्तदा मुसलमानले ‘टिम महेश’लाई जिताउने प्रतिवद्धता जनाउनुभयो।

    सहकोषाध्यक्षका उम्मेदवार तृष्णा शर्मा काफ्ले, युवा संयोजकका उम्मेदवार रविन अधिकारी, महिला संयोजकका उम्मेदवार अनुजा प्रधान, युरोप संयोजक चिन्तामणि सापकोटा लगायतका उम्मेदवार र निर्विरोध निर्वाचित भइसकेका पदाधिकारीले पनि टिम महेशलाई समर्थन गर्दै विजयीको शुभकामना व्यक्तगर्नुभयो।

    राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उद्घाटन गरेको महाधिवेशन कात्तिक ३ गतेसम्म चल्नेछ। बिहीबार मतदान गर्ने निर्वाचन तालिका छ। अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको अध्यक्ष कुल आचार्यले बताउनुभयो।

    महाधिवेशनमा चार हजार २२७ मतदाता छन्। अध्यक्ष पदमा श्रेष्ठसँगै वर्तमान अध्यक्षद्वय रविना थापा र बद्री केसी तथा उपाध्यक्ष राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको छ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend